काठमाडौं । इन्स्टाग्राम फोटो, भिडियो तथा विभिन्न सामाग्री साझा गर्न प्रयोग गरिने लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म हो । प्रत्येक इन्स्टाग्राम खाताको छुट्टै युजरनेम हुन्छ, जसबाट प्रयोगकर्ताको खाता पहिचान गर्न र खोज्न सकिन्छ ।
यदि तपाईंले पहिले राखेको युजरनेम परिवर्तन गर्न चाहनुभएको छ भने नयाँ खाता बनाउनुपर्ने आवश्यकता हुँदैन । इन्स्टाग्रामको सेटिङबाटै केही चरण पूरा गरेर युजरनेम परिवर्तन गर्न सकिन्छ ।
युजरनेम परिवर्तन गर्ने तरिका
इन्स्टाग्राममा युजरनेम परिवर्तन गर्न निम्न प्रक्रिया अपनाउनुहोस् :
- सबैभन्दा पहिले इन्स्टाग्राम खोल्नुहोस् र आफ्नो खातामा लगइन गर्नुहोस् ।
- स्क्रिनको तल दायाँपट्टि रहेको प्रोफाइल तस्बिरमा थिच्नुहोस् ।
- त्यसपछि Edit Profile मा जानुहोस् ।
- Username विकल्पमा थिचेर पुरानो युजरनेम हटाउनुहोस् ।
- आफूले राख्न चाहेको नयाँ युजरनेम लेख्नुहोस् ।
- नयाँ युजरनेम उपलब्ध भएमा माथि रहेको ✓ चिन्हमा थिचेर परिवर्तन सुरक्षित गर्नुहोस् ।
युजरनेम परिवर्तन गर्दा ध्यान दिनुपर्ने कुरा
इन्स्टाग्रामको युजरनेम अरू खाताभन्दा फरक हुनुपर्छ । आफूले चाहेको युजरनेम पहिले नै अर्को प्रयोगकर्ताले राखिसकेको भए अंक वा अन्य उपलब्ध संयोजन प्रयोग गरेर नयाँ युजरनेम बनाउन सकिन्छ ।
युजरनेम परिवर्तन गरेपछि प्रोफाइलको लिङ्क पनि परिवर्तन हुन्छ । त्यसैले पुरानो युजरनेम भएको प्रोफाइल लिङ्क अन्यत्र साझा गरिएको छ भने नयाँ लिङ्क प्रयोग गरी अद्यावधिक गर्नुपर्छ ।
त्यस्तै, पुरानो युजरनेममा पुन: फर्किन सकिने अवस्था सधैँ सुनिश्चित नहुने भएकाले परिवर्तन गर्नुअघि नयाँ नामबारे विचार गर्नु उपयुक्त हुन्छ । पुरानो युजरनेम पछि अरू कसैले प्रयोग गर्न सक्ने सम्भावना पनि रहन्छ ।
आईसीटी समाचार