कीवर्डहरू -

विद्युतीय गाडीको ब्याट्री प्लान्ट क्यानडामा पनि निर्माण गर्दै भोल्क्सवागेन

विद्युतीय गाडीको ब्याट्री प्लान्ट क्यानडामा पनि निर्माण गर्दै भोल्क्सवागेन

भोल्क्सवागेनले विद्युतीय गाडीको ब्याट्री प्लान्ट क्यानेडामा पनि निर्माण गर्ने भएको छ । यो उत्तरी अमेरिकामा भोल्क्सवागेनको पहिलो इभी ब्याट्री प्लान्ट हुनेछ ।

सेन्टथोमस, ओन्टारियोमा रहने भोल्क्सवागेनको प्लान्टले युनिफाइड सेल बनाउनमा बढि ध्यान दिने भएको छ । यसले इभी उत्पादनमा थप सहयोग मिल्ने आशा गरिएको छ । त्यहाँबाट कच्चा पदार्थ र स्थानीय स्रोत पाउन पनि सहज हुने भोल्क्सवागेनको भनाइ छ ।

भोल्क्सवागेनले सन् २०२७ बाट निर्माण सुरु गर्ने लक्ष्य लिएको छ । भोल्क्सवागेनले यस प्लान्टबाट २ लाख विद्युतीय गाडी बनाउने लक्ष्य राखेको छ ।