कीवर्डहरू -

गूगल म्यापमा यसरी पिन गर्नुहोस् ठाउँ

गूगल म्यापमा यसरी पिन गर्नुहोस् ठाउँ

आजभोलि गूगल म्याप हामी धेरै प्रयोग गर्न थालेका छौँ । कतै जानुपर्‍यो भने नक्सा हेर्न सुरूमा खोल्ने भनेको गूगल म्याप हो ।

गूगल म्यापमा ठाउँ पिन गरेर एक ठाउँबाट अर्काे ठाँउमा सहजै जान सकिने सुविधा पनि रहेको छ । आज हामी म्याप कसरी पिन गर्ने भन्ने बारे जानकारी दिदैछौं ।

गूगल म्यापमा डिरेक्सन सर्च र गो ट्याब गरी २ तरिकाबाट कुनै पनि ठाउँ पिन गर्न सकिन्छ । डिरेक्सन सर्चबाट म्याप पिन गर्नका लागि मोबाइल डिभाइसमा गूगल म्याप एप खोल्नुपर्ने हुन्छ । अब आफू जानुपर्ने ठाउँ खोजेर डिरेक्सन भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।

अब आफू हिडेर जाने हो मी गाडीमा जाने भनेर छनोट गर्नुपर्ने हुन्छ । यदि ट्रान्जिट छनोट गर्नुभएको छ भने आफूलाई मन लागेको बाटो छान्नुपर्ने हुन्छ । अब तलरहेको पिन अप्सनमा क्लिक गर्नुपर्छ ।

त्यस्तै गो ट्याबबाट म्याप पिन गर्नका लागि पनि मोबाइल डिभाइसमा गूगल म्याप एप खोल्नुपर्ने हुन्छ । अब स्क्रीनको तललो भागमा रहेको गो गो अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।

सुझावित सूची पाउनका लागि स्क्रीनको तलबाट स्वाइप अप गर्नुपर्ने हुन्छ । अब कुन बाटो छानेर पिन गर्नुपर्ने हुन्छ ।