शनिबार, २० जेठ, २०८०
Saturday, 03 June, 2023

सस्तो मूल्यको एन्ट्री लेभल फोन ‘अनर एक्स फाइभ’ नेपालमा, कति छ मूल्य ? 

नेपालका लागि अनरको आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रालिले सस्तो मूल्यमा आफ्नो एन्ट्री लेभल फोन ‘अनर एक्स फाइभ’ सार्वजनिक गरेको छ । 

नवीनतम प्रविधिको साथ डिजाइन गरिएको अनर एक्स फाइभमा ५ हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ ।
फोनमा ६.५ इन्चको अनर फुल भ्यू डिस्पले रहेको छ भने मिडियाटेक हेलियो जी २५ अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ । 

अनर एक्स फाइभमा ८ मेगापिक्सेलको मुख्य क्यामेरा राखिएको छ । साथै ५ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

२ जीबी र्‍याम र ३२ जीबी ईन्टरनल इस्टोरेज क्षमताको मेमोरि भएको उक्त फोनको मुल्य रु ११ हजार ९९० रूपैयाँ तोकिएको छ । फोन नेपालभरका खुद्रा स्टोरहरू र दराज अनलाइन सपिङबाट पनि किन्न सकिने छ । 


 
 

सम्बन्धित समाचार