कीवर्डहरू -

विश्व बैंकको नेपाललाई करिब १६ अर्ब अनुदान, डिजिटल शिक्षणलाई सुदृढ गरिने

विश्व बैंकको नेपाललाई करिब १६ अर्ब अनुदान, डिजिटल शिक्षणलाई सुदृढ गरिने

विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ) बराबरको अनुदान दिने भएको छ ।

विश्व बैंक कार्यकारी निर्देशक बोर्डले आइतबार नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न करिब १६ अर्ब रूपैयाँ बराबरको अनुदान दिने निर्णय गरेको हो ।

कोभिड-१९ का कारण बन्द भएका विद्यालयका कारण भएको हानीलाई सम्बोधन गर्न, उपयुक्त कक्षा कोठा निर्माण तथा डिजिटल शिक्षणलाई सुदृढ गर्न अनुदान प्रयोग हुनेछ । यस बाहेक छात्रवृत्ति कार्यक्रममा समेत यसको प्रयोग हुने जनाइएको छ ।

यसले नयाँ संघीय राज्यको महत्वकांक्षा पुरा गर्न शिक्षाको गुणस्तर र समतामूलक पहुँच बढाउने नेपाल सरकारको दृष्टिकोणलाई समेत सहयोग गर्ने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले बताए ।