कीवर्डहरू -

ट्वीटरको सोर्सकोड अनलाइनमा लिक

ट्वीटरको सोर्सकोड अनलाइनमा लिक

ट्वीटरको सोर्सकोडको केही भाग अनलाइनमा लिक भएको छ । सोर्सकोडले भनेको बेस प्रोग्रामिङ हो जसबाट ट्वीटर बनेको हुन्छ । यो सोर्सकोड जिटहबमा प्रकाशित भएको न्यू योर्क टाइमसले रिपोर्ट गरेको छ ।

कोड पाएकै दिन हटाइएता पनि यो कति समयसम्म जिटहबमा उपलब्ध रहेको थियो भन्नेबारे कुनै पनि जानकारी रहेको थिएन् । यो कोड अपलोड र डाउनलोड गर्नेहरुको ट्वीटरले छानबिन गरिरहेको छ ।

ट्वीटरका अनुसार यो एक पूर्व कर्मचारीको काम हो जो कम्पनीसँग रिसाएर ट्वीटर छाडेर गएका थिए । त्यही कर्मचराीले यो सोर्स कोड अपलोड गरिदिएको ट्वीटरको शङ्का रहेको छ ।

मस्कले कम्पनी खरिद गरेपछि ८० प्रतिशत कर्मचारीहरुलाई जागिरबाट हटाएका थिए र त्यहीमध्य कोही रिसाएर यस्तो गरेको हुनसक्छन् ।