कीवर्डहरू -

अब नेपालीमै इम्बोस्ड नम्बर प्लेट राखिने, शुल्क पनि घट्ने 

अब नेपालीमै इम्बोस्ड नम्बर प्लेट राखिने, शुल्क पनि घट्ने 

अब नेपाली भाषामै इम्बोस्ड नम्बर राखिने भएको छ । सोमबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने गरी काम अगाडि बढाएको जानकारी दिएका हुन् ।

इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्न प्रधानमन्त्रीले समेत विशेष चासो देखाएका कारण सम्बन्धित एजेन्सीसँग छलफलको प्रक्रियामा रहेको श्रेष्ठले बताए ।

यसका साथै इम्बोस्ड नम्बर प्लेटका लागि लिँदै आएको शुल्क घटाउन लागिएको समेत उनले बताए । ठेकेदारसँग भएको सम्झौताबाट शुल्क घटाउन नसकिने तर सरकार आँफैले बेहोर्ने गरी इम्बोस्ड नम्बर प्लेट जडान शुल्क घटाउने व्यवस्था मिलाइने श्रेष्ठको भनाइ छ ।