कीवर्डहरू -

डिजिटल बैंकिङ पनि अब वित्तीय साक्षरता कार्यक्रमको हिस्सा बन्ने

डिजिटल बैंकिङ पनि अब वित्तीय साक्षरता कार्यक्रमको हिस्सा बन्ने

अब डिजिटल बैंकिङ सेवा पनि वित्तीय साक्षरता कार्यक्रम हिस्सा बन्‍न पुगेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन २०७९ मा विद्युतीय सेवाहरु पनि समावेश गर्ने व्‍यवस्था ल्याएपछि डिजिटल बैंकिङ सेवा पनि हिस्सा बन्न पुगेको हो । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले गर्ने वित्तीय साक्षरता कार्यक्रममा समावेश गर्ने गरेको थिएन ।

राष्ट्र बैंकले ल्याएको उक्त मार्गदर्शनमा वित्तीय ज्ञान, वित्तीय उद्देश्य, वित्तीय विद्युतीय सेवा र उपयोग धितोपत्र बजार, वित्तीय अनुशासन, बिप्रेषण, बचत, कर्जा, जोखिम व्यवस्थापन लगायतका विषयवस्तु समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मार्गदर्शन अनुसार वित्तीय साक्षरताका सामग्री सामाजिक सञ्जाल, वेबसाइट, मोबाइल एप, मोबाइल लाइब्रेरी, डिजिटल बोर्ड, अनलाइन खेलकुद, प्रतियोगिता र पाठ्य साम्रग्री, पत्रपत्रिका, रेडियो, एफएम, प्रकाशनहरू, सीआरबीटी लगायतका लागि तयार गर्नुपर्नेछ ।

साक्षरता सामग्री सम्प्रेषण गर्दा आफ्ना सेवाको विज्ञापन गर्ने, संस्थाको ब्राण्डिङ गर्ने, व्यापारिक क्याम्पेन नभएर मूलतः उपयोगी वित्तीय ज्ञान तथा सीप विकासमा केन्द्रित हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

वित्तीय कार्यक्रम सञ्चालन गर्दा दुर्गम तथा वित्तीय पहुँच कम भएका स्थानलाई प्राथमिकता दिनुपर्नेछ । साथै हरेक लक्षित वर्गका लागि कार्यक्रम बनाइ कार्यन्वयन गर्नुपर्नेछ ।

वित्तीय साक्षरतासम्बन्धी सामग्री सम्प्रेषण गर्दा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेवाबारे स्पष्ट पार्नुपर्ने उल्लेख छ ।
संस्थाले वित्तीय साक्षरतासम्बन्धी कार्ययोजना आर्थिक वर्षको पहिलो त्रैमासभित्र राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा पेस गर्नुपर्ने व्यवस्था छ ।

यस्तो छ मार्गदर्शन