शनिबार, २० जेठ, २०८०
Saturday, 03 June, 2023

काठमाडौं महानगरपालिकाले सीसीटीभी जडान र सञ्चालनका लागि प्रहरीलाई दियो ६ करोड

काठमाडौं महानगरपालिकाले सीसीटीभीका लागि नेपाल प्रहरीलाई ६ करोड रूपैयाँ उपलब्ध गराएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सीसीटीभी जडान तथा सञ्चालनका लागि ६ करोड रूपैयाँ उपलब्ध गराएको जानकारी दिएका हुन् । 

स्थानीय तहको चुनावमा काठमाडौं महानरपालिकाको मेयरका लागि उम्मेद्वारी दिदै शाहले आफुले जिते काठमाडौंका चोक चोक सीसीटीभी जडान गर्ने प्रतिबद्धता जनाएका थिए ।

मेयर विजयी भएपछि सोही प्रतिवद्धतालाई पुरा गर्दै शाहले सीसीटीभी राख्न रकम उपलब्ध गराएका हुन् । 

शहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराएको हो । 

यो सुरूवात मात्र भएको र भविष्यमा अन्य धेरै सहकार्य गर्ने । काठमाडौं महानगरपालिकाका मेयर शाहले बताएका छन् । 

 

सम्बन्धित समाचार