कीवर्डहरू -

अब जीमेलमा एआईले नै तपाइको मेल टाइप गरिदिने

अब जीमेलमा एआईले नै तपाइको मेल टाइप गरिदिने

प्रविधि कम्पनी गुगलको इमेल सेवा जीमेल लाखौं प्रयोगकर्ताहरूले प्रयोग गर्छन् । गुगलको यो प्लेटफर्म प्रयोगकर्ताका लागि व्यावसायिक जीवनको अत्यावश्यक अंश हो ।

गुगलको यो सेवा दिनभरि धेरै मेलहरू पठाउने र प्राप्त गर्ने प्रयोगकर्ताहरूले मन पराउँछन्। जिमेल प्रयोग गर्न धेरै सजिलो छ र यो प्रयोगकर्ताका लागि धेरै उत्कृष्ट सुविधाहरूको साथ आउँछ । यही बिच जीमेलमा नयाँ एआई जेनेरेटिभ टूल उपलब्ध भएको छ ।

यो टूलको मद्दतले प्रयोगकर्ताले राम्रो तरिकाले मेल टाइप गर्न सक्नेछन् । यति मात्र नभएर, नयाँ एआई टुल प्रयोगकर्तालाई छिटो र सहज तरिकाले मेल टाइप गर्नमा पनि ठूलो सहयोगी बन्नेछ ।

गुगलले आफ्नो वार्षिक कार्यक्रम (२०२३ गुगल आइओ सम्मेलन) मा जीमेलका लागि नयाँ एआई टूल 'हेल्प मी राइट' को बारेमा जानकारी दिएको थियो । नयाँ टुलको सहायताले प्रयोगकर्ताले सेकेण्डमै मेल टाइप गरेर पठाउन सक्ने कम्पनीको दाबी छ ।

वास्तवमा कम्पनीले जिमेलको नयाँ टुल ‘हेल्प मी राइट’लाई बार्ड फिचरसहित आउने बताएको छ । बार्डको मद्दतले प्रयोगकर्तालाई तत्काल जवाफ दिन पनि ठूलो मद्दत हुनेछ ।

जिमेलको नयाँ फिचर कहिले ल्याइने भन्ने बारे कुनै मिति भने खुलाइएको छैन । तर, यो वर्ष जीमेलको नयाँ टूल रोलआउट हुन सक्ने विश्वास गरिएको छ ।

यसबाहेक जीमेलको यो नयाँ फिचर डेस्कटप र मोबाइल दुवैमा काम गर्न सक्नेछ । गुगलको यो फिचर प्रयोगकर्ताको समय बचत गर्न प्रभावकारी हुनेछ ।