कीवर्डहरू -

अल्टिमा लाइफस्टाइलको नयाँ स्मार्टवाच सार्वजनिक, कति छ मूल्य ?  

अल्टिमा लाइफस्टाइलको नयाँ स्मार्टवाच सार्वजनिक, कति छ मूल्य ?  

अल्टिमा लाइफस्टाइलले अल्टिमा वाच म्याजिक बजारमा सार्वजनिक गरेको छ । सस्तो र राम्रो विशेषतासहित अल्टिमाले अत्याधुनिक स्मार्टवाच सार्वजनिक गरेको हो ।

अल्टिमा वाच म्याजिकमा १.८३ इन्चको समेट्रिकल र स्मूथ अल्ट्राभ्यू डिस्प्ले रहेको छ । यसमा उच्च प्रविधीको स्वास्थ्य जाच्ने क्षमता साथै पातलो र आरामदायक प्रीमियम सिलिकन स्ट्र्याप (ब्याण्ड) पनि जडित छ, जसले गर्दा दिनभर आरामले घडी लगाउन सकिनेछ ।

यो स्मार्टवाच निर्वाध रूपमा सजिलै अल्टिमा स्मार्ट आपसंग कनेक्ट हुन्छ । यति मात्र नभई यो स्मार्ट वाच क पानी प्रतिरोधक छ भने । यसमा ११० भन्दा बढी स्पोर्ट्स मोडहरू, अटो स्लीप, र बल्ड अक्सिजन ट्र्याकिंग प्रविधि पनि रहेको कम्पनीको दावी छ ।

नेपालीहरुमा प्रविधिको प्रयोग गरी स्वस्थ र खुशी जीवन सम्भव तुल्याउने उद्देश्यले नयाँ वाच सार्वजनिक कम्पनीको भनाइ छ । अल्टिमा लाइफस्टाइलले हालै स्वास्तीमा खड्कालाइ आफ्नो कम्पनीको उत्पादनहरुको ब्राण्ड एमबास्डर नियुक्त गरेको थियो ।

अल्टिमा वाच म्याजिकसहित अल्टिमा लाइफस्टाइलका उत्पादनहरु लोकप्रिय अनलाइन प्लेटफर्महरु दराज र नेपालभरका अफलाइन स्टोरहरूमा उपलब्ध छन् । अल्टिमा वाच म्याजिक आधिकारिक रूपमा जेठ ४ गतेदेखि बजारमा उपलब्ध हुनेछ ।

यो स्मार्टवाचको मूल्य ३ हजार ५९९ रूपैयाँ तोकिएको छ । अल्टिमाले दराजका पहिलो १०० ग्राहकहरू र हुकुतका पहिलो ५० ग्राहकहरूका लागि विशेष परिचयात्मक मूल्य २ हजार ९९९ रूपैयाँमा वाच म्याजिक उपलब्ध गराउने छ ।