कीवर्डहरू -

८ इन्चको फोल्डेबल आईफोन सार्वजनिक गर्दै एप्पल

८  इन्चको फोल्डेबल आईफोन सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२३ को अन्त्यसम्ममा फोल्डेबल आईफोन सार्वजनिक गर्ने भएको छ । विशेषज्ञ मिङ चि कुवोको अनुसार एप्पलले सन् २०२३ सम्ममा ८  इन्चको फोल्डेबल आईफोन सार्वजनिक गर्ने भएको हो ।

एप्पलले १५ देखि २० मिलियन युनिट बेच्ने पनि लक्ष्य राखेको छ । यसमा प्रयोग हुने क्युएचडी प्लस फिलेक्जीबल ओइलईडी स्क्रीन भने सामसङ डिस्प्लेले सप्लाई गर्नेछ । त्यस्तै फोल्डेबल आईफोनमा प्रयोग हुने डिडिआई डिस्प्ले सामसङ फाउण्ड्रीबाट आउनेछ ।

एप्पलले सिल्भर न्यानोवायर टच प्रविधि पनि टिपिकेको प्रयोग गर्नेछ । अझै पनि एप्पलले यसको बारेमा आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन् ।