शनिबार, २० जेठ, २०८०
Saturday, 03 June, 2023

सरकारले विद्युतीय सवारी खरिद गर्ने, पेट्रोलबाट विद्युतीय बनाउने प्रविधिलाई सहुलियत दिने 

सरकारले सरकारी कार्यालयमा विद्युतीय सवारीसाधन खरिद गर्ने नीति लिने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । 

‘शहरमा क्रमश विद्युतीय यातायात सञ्चालनको व्यवस्था गरिने छ,’ उनले भने, ‘ग्यास, डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय उर्जाबाट चल्ने गरी रूपान्तरण गर्ने प्रविधिलाई सहुलियतसहित प्राथमिकता दिइने छ ।’

 

सम्बन्धित समाचार