शनिबार, २० जेठ, २०८०
Saturday, 03 June, 2023

एक महिनामै बढे करिब ३ लाख फोरजी प्रयोगकर्ता, कसले कति थपे ? 

एक महिनामै करिब ३ लाख फोरजी प्रयोगकर्ता थपिएका छन् । गत माघको तुलनामा फागुनमा ३ लाख थप फोरजी ग्राहक थपिएका हुन् । 

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको म्यानेज्ड इन्फर्मेसन सिस्टम (एमएमएस) प्रतिवेदन अनुसार फागुनमा फोरजी ग्राहकको संख्या १ करोड ९४ लाख ८८ हजार २९४ रहेका छन् । 

गत माघसम्म फोरजी प्रयोगकर्ता १ करोड ९२ लाख ३ हजार ७७१ रहेका छन् । त्यस अनुसार गत माघको तुलनामा फागुनमा २ लाख ८४ हजार ५२३ फोरजी प्रयोगकर्ता बढेका हुन् । 

एक महिनाको अवधिमा नेपाल टेलिकमले १ लाख ६० हजार ५५८ फोरजी प्रयोगकर्ता थपेको छ भने एनसेलले १ लाख २३ हजार ९९६ थपेको छ । 

गत माघको एमआईएस प्रतिवेदन अनुसार टेलिमका १ करोड २१ लाख ९७ हजार ३४४ र एनसेलका ६९ लाख ९९ हजार ३५१ फोरजी ग्राहक रहेका थिए । 

फागुनसम्म आईपुग्दा नेपाल टेलिकमका १ करोड २३ लाख ५७ हजार  ९०२ फोरजी प्रयोगकर्ता छन् । यस्तै फागुनसम्म एनसेलका ७० लाख २३ हजार ३१६ फोरजी प्रयोगकर्ता छन् । 
 

सम्बन्धित समाचार