कीवर्डहरू -

विद्युतीय ट्याक्सी एक्सप्रेस टीमा जीपीएस प्रविधि

विद्युतीय ट्याक्सी एक्सप्रेस टीमा जीपीएस प्रविधि

काठमाडौँ उपत्यकाका सडकहरूमा प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी गुड्न थालेको पनि एक महिना पूरा भइसकेको छ ।

टाटा मोटर्सको प्रिमियम विद्युतीय ट्याक्सीमा सिप्रदीले लोकोन्यावको जिपिस प्रविधि जडान गरेर फ्लीट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराएको छ ।

एक्सप्रेस-टिका प्रिमियम विद्युतीय ट्याक्सी धनीहरूले अब आफ्नो मोबाइल फोन मार्फत नै आफ्नो गाडी कहाँ कहाँ गुड्यो र कुन रुटमा गुड्यो भनेर हेर्न सक्नेछन् ।

विद्युतीय ट्याक्सीको फ्लीट अपरेटरले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गाडी गुडाएको छ भनेर लोकोन्याव सिप्रदीको एप बाट सजिलै हेर्न पाउनेछन् ।

नयाँ प्रविध का साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बुट स्पेस रहेको छ ।