कीवर्डहरू -

जिओ मोबाइल स्टोरबाट मोबाइल किन्ने केसी र कुशुवाहले पाए थाइल्याण्ड घुम्ने अवसर

जिओ मोबाइल स्टोरबाट मोबाइल किन्ने केसी र कुशुवाहले पाए थाइल्याण्ड घुम्ने अवसर

जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने  प्रज्वल केसी र निरज कुशुवाहले थाइल्याण्ड घुम्ने अवसर पाएका छन् ।

गत फागुन २१ देखि बैशाख मसान्तसम्म संचालनमा रहेको स्किम अवधिमा जिओ मोबाइल  स्टोरबाट मोबाइल खरिद गर्ने सेवाग्राहीहरू मध्ये लक्की ड्र’मार्फत दुई भाग्यशाली  विजेतालाई थाइल्यान्ड भ्रमणको अवसर पाएका हुन् ।

सेवाग्राही केसी र कुशुवाहाले ४ रात र ५ दिनका लागि उपहार स्वरुप थाइल्यान्ड भ्रमणको अवसर पाएको कम्पनीले जनाएको छ ।

युवा उद्यमीहरूको समूहद्वारा प्रवद्र्घन गरिएको जोय ग्रुपद्वारा संचालित जिओ मोबाइल नेपालकै व्यापारीक केन्द्र पाकोस्थित न्यूरोडको ताम्राकार कम्प्लेक्समा अवस्थित छ ।

सो विक्री केन्द्रमा समय समयमा सेवाग्राहीमुखी यस्ता स्किम सार्वजनिक गरिँदै आएको छ ।  यससँग सम्बन्धीत विस्तृत जानकारी केन्द्रको टिकटक पेजमा पोष्ट गरिन्छ ।