कीवर्डहरू -

‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ नारासहित असोज १ गते विज्ञान दिवस मनाइँदै

‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ नारासहित असोज १ गते विज्ञान दिवस मनाइँदै

असोज १ गते एघारौं विज्ञान दिवस मनाइने भएको छ । ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ भन्ने नारासहित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एघारौं विज्ञान दिवस मनाउन लागेको हो ।

असोज १ गते राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहल कार्यक्रमको मुल समारोह हुनेछ । कार्यक्रममा प्यानल सेसन समेत हुनेछ ।

नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने उदेश्यका साथ २०६९ साल मंसिर ८ गते निर्णय गरी हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने निर्णय गरेको थियो ।

विज्ञान विषय वैज्ञानिकहरुको मात्रै विषय नभएर यो आमजनताको र सरोकारको विषय बनाउन राष्ट्रिय विज्ञान दिवसको आवश्यकता छ ।

आम जनतालाई वैज्ञानिक गतिविधि, वैज्ञानिक ज्ञान र यसमा संलग्न गराउन सप्ताहव्यापी कार्यक्रम आयोजना गरी विज्ञान दिवसको मनाउँदै आइएको छ ।