कीवर्डहरू -

अब हाम्रो पेबाट अन्य डिजिटल वालेटहरूमा पैसा पठाउन सकिने 

अब हाम्रो पेबाट अन्य डिजिटल वालेटहरूमा पैसा पठाउन सकिने 

हाम्रो पेबाट अब अन्य डिजिटल वालेटहरूमा समेत पैसा पठाउन सकिने भएको छ । योसँगै अब हाम्रो पेबाट अन्य वालेट अकाउन्टमा सजिलै पैसा लोड गर्न सकिने छ ।

डिजिटल वालेटहरूबीच अन्तरसञ्चालन सेवा ल्याउने थोरै वालेटमा हाम्रो पे परेको कम्पनीले जनाएको छ । हाम्रो पेको ‘सेन्ड मनी’ अप्सनमा गएर ‘अदर वालेट’ छनौट गरी वालेटमा पैसा पठाउन सकिने छ ।

हाम्रो पेले २० भन्दा बढी वालेटमा पैसा पठाउन सकिने बताएको छ । तर सिस्टममा आईक्यास, सजिलो पे, एक्यास, नमस्ते पे, खल्ती, आईएमई पे, क्युपे, प्रभु पे, सेलपे, पेवेल, माइपे र मोरू मात्रै देखाएको छ ।