कीवर्डहरू -

कोरानाको जाखिम कम गर्न  प्रो फेस एक्स

कोरानाको जाखिम कम गर्न  प्रो फेस एक्स

बारकोड नेपालले नेपालमै पहिलो भित्रयाएको प्रडक्ट हो प्रो फेस एक्स । बारकोड प्रो फेस एक्सको आधिकारिक वितरक पनि हो । बारकोडले क्यान इन्फोटेकमा प्रो फेस एक्स प्रडक्ट सार्वजनिक गरेको थियो । प्रो फेस एक्स भनेको प्रो फेस प्रडक्टको अपग्रेड भर्सन हो । यो फेसियल रिकग्नेशन अर्थात मानिसको अनुहार हेरेर पहिचान गर्न सकिने प्रविधि हो ।


 यो जेटके टेक्नो अनुकूलित सीपीयुबाट सञ्चालन गरिएको छ ।  विश्वमा कोरानाको त्रास भइरहेको बेला प्रो फेस एक्सबाट हाजिरी गर्न सकिन्छ । जसबाट कोरानाको जोखिम कम गर्न सकिन्छ । यसले ०.३ सेकेण्ड भन्दा कमको गतिमा मानिसको अनुहार पहिचान गर्न सक्छ । फेसियल रिकग्नेशनको लागि मोबाइलबाट रजिष्ट्रेसन गर्न सकिन्छ । प्रो फेस एक्समा एन्टी स्पुफ क्षमता रहेको छ । 


जसले नक्कली फोटो तथा भिडियो आक्रमणको विरुद्धमा काम गर्छ । यसमा नयाँ फेस क्याप्चर सिस्टम पनि जडान गरिएको छ ।  रोबुस्ट डिजाइनमा उपलब्ध भएको कारणले ३० डिग्री सेल्सियस देखि ६० डिग्री सेल्सीयसको मौसममा पनि काम गर्न सक्छ । 


प्रो फेस एक्समा ५० हजार फेस टेम्प्लेटहरु रहेको छ । यो आइपी ६८ स्तरको धुलो तथा पानि वाटरप्रुफ भएकाले र आइके ०४ स्तरको सुरक्षा भएकाले पनि यसको टिकाउमा वृद्धि हुन्छ । प्रो फेस एक्स कुनै पनि कार्यालय, संघ संस्था, वा लिफ्ट लगायत अन्य ठाउँमा पनि प्रयोग गर्न सकिन्छ । यसमा ५१२ एमबी र्याम तथा २ मेगापिक्सेलको लो लाइट क्यामेरा पनि उपलब्ध रहेको छ । 
यसको तौले ८५३ ग्राम रहेको छ । प्रो फेस एक्समा जेटकौ लाइभ फेस ५.८ फेस एल्गोरिदम प्रयोग गरिएको छ । यो प्रडक्ट नेपालमा बारकोड नेपालसँग उपलब्ध छ ।