कीवर्डहरू -

हुवावेले सार्वजनिक गर्‍यो फाइभजी सपोर्ट गर्ने मेट फोर्टी सिरिजका स्मार्टफोन

हुवावेले सार्वजनिक गर्‍यो फाइभजी सपोर्ट गर्ने मेट फोर्टी सिरिजका स्मार्टफोन

हुवावेले मेट ४०, मेट ४० प्रो र मेट ४० प्रो प्लस स्मार्टफोन सार्वजनिक गरेको छ । यी मोडेलहरुमा फाइभजी सपोर्ट गर्ने किरिन ९००० प्रोसेसर प्रयोग गरिएको छ ।

यी तीन मोडेल बाहेक हुवावेले हुवावे मेट ४० आरएस भन्ने मोडेल पनि सार्वजनिक गरेको छ । यी नयाँ सिरिजहरुमा भने गूगल प्ले स्टोर हुदैन र प्रयोगकर्ताहरुले हुवावेको एप ग्यालेरी प्रयोग गर्नुपर्ने हुन्छ ।

हुवावे मेट फोर्टी

हुवावे मेट फोर्टीमा ६.५ इन्च फुल एचडी प्लस ओएलइडी डिस्प्ले रहेको छ । यसमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज उपलब्ध छ ।

मेट फोर्टीमा रियर ट्रिपल क्यामेरा सेटअप रहेको छ । जसमा ५० मेगापिक्सेल प्राइमरी लेन्स, १६ मेगापिक्सेल अल्ट्रा वाइड एंगल लेन्स र ८ मेगापिक्सेल टेलिफोटो लेन्स रहेको छ ।

त्यस्तै यसमा १३ मेगापिक्सेलको सेल्पी क्यामेरा रहेको छ । यसमा ४२०० एमएएच ब्याट्रीसँगै ४० वाट फास्ट चार्जिङ रहेको छ ।

हुवावे मेट फोर्टी प्रो र मेट फोर्टी प्रो प्लस

हुवावेको मेट ४० प्रो र मेट ४० प्रो प्लस दुबै ६.७६ इन्च २ के कर्भड ओएलईडी डिस्प्ले रहेको छ । हुवावेको मेट ४० प्रोमा ८ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरज रहेको छ ।

हुवावेको मेट ४० प्रो प्लसमा १२ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरज रहेको छ । मेट ४० प्रोमा ५० एमपी प्राइमरी सेन्सर, २० एमपी अल्ट्रा वाइड एङ्गल लेन्स, १२ एमपी पेरीस्कोप लेन्स र थ्रीडी डेप्थ सेन्सर रहेको छ ।

मेट ४० प्रो प्लसको भने क्वाड क्यामेरा सेटअप , ५० एमपी प्राइमरी सेन्सर, १२ एमपी टेलीफोटो लेन्स रहेको छ ।स्मार्टफोनमा भने ४४०० एमएच ब्याट्री र ६६ वाट फास्ट चार्जिङ रहेको छ ।

हुवावे मेट फोर्टी आरएस

हुवावे मेट फोर्टी आरएसमा ६.७६ इन्च ओएलइडी डिस्प्ले रहेको छ । यसमा १२ जीबी र्‍याम र ५१२ जीबी इन्टरनल स्टोरेज रहेको छ ।

यसमा ५ वटा रियर क्यामेरा छन् । जसमा ५० मेगापिक्सेल वाइड, १२ मेगापिक्सेल टेलिफोटो, ८ मेगापिक्सेल पेरिस्कोप, २० मेगापिक्सेल अल्ट्रा वाइड र थ्रिडी डेप्थ सेन्सर रहेको छ ।

त्यस्तै १३ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यसमा ४४०० एमएएचको ब्याट्री रहेको छ भने ६६ वाट फास्ट चार्जिङको सुविधा रहेको छ ।

मूल्य तथा उपलब्धता

हुवावेको मेट ४० को मूल्य ८९९ युरो रहेको छ । त्यसैगरी मेट ४० प्रोको मूल्य ११९९ युरो र मेट ४० प्रोको मूल्य १३९९ युरो डलर रहेको छ । हुवावे मेट ४० आरएसको मूल्य भने २२९९ युरो रहेको छ ।

हुवावे मेट फोर्टी युकेमा नोभेम्बर १३ बाट बिक्रीमा जानेछ । भने अन्य फोनको बारेमा कुनै जानकारी दिइएको छैन् ।