कीवर्डहरू -

कुलप्याड कुल एस स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

कुलप्याड कुल एस स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

नेपाली बजारमा कुलप्याडको कुल एस स्मार्टफोन सार्वजनिक भएको छ । ६.५३ इन्च फुल एचडी प्लस डिस्प्ले भएको भएको कुलप्याड कुल एस स्मार्टफोन सार्वजनिक भएको हो ।

यसामा मिडियाटेक हेलियो पी ६० प्रोसेसर प्रयोग गरिएको छ । भने फोनमा ४ जीबी र्‍याम १२८ जीबी इन्टरनल स्टोरेज राखिएको छ । इन्टरनल स्टोरेजलाई २५६ जीबी सम्म बढाउन सकिन्छ ।

यो फोन एन्ड्रोइ १० अपरेटिङ सिस्टममा चल्ने गर्दछ । यसमा ४८ मेगापिक्सेल मेन क्यामेरा सहित क्वाड रियर क्यामेरा सेटअप रहेको छ । भने २५ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको छ ।

फोनमा ५ हजार एमएएचको ब्याट्रीका साथै फिंगरप्रिन्ट सेन्सरको सुविधा समेत रहेको छ । ४ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज भएको कुलप्याड कुल एस स्मार्टफोनको मूल्य नेपाली बजारमा २२ हजार ५९५ रुपैयाँ तोकिएको छ ।