कीवर्डहरू -

यस्ता छन् सन् २०२० मा सबैभन्दा बढी डाउनलोड भएका एप

यस्ता छन् सन् २०२० मा  सबैभन्दा बढी डाउनलोड भएका एप

सन् २०२० कसैले नसोचेको जस्तो वर्ष बन्न पुग्यो । कहिले फुर्सद नभई चलिरहने जनजीवन अचानक ठप्प बन्न पुग्यो । यही विषम परिस्थतिमा पनि प्रविधिले नै केही राहत दिएको छ । सामाजिक दूरी कायम गर्नका लागी ‘वर्क फ्रम होम’ को सोच आयो र यो प्रविधिको सहयोगले मात्रै सम्भव हुन पुग्यो ।

प्रविधिको क्षेत्रमा एक दशकमा आउने परिवर्तनहरु केही महिनामा नै सम्भव हुन पुग्यो । मान्छेहरुले काम गर्न र समय बिताउनका लागी प्रविधि मात्रै एक उपाय देखेपछि यसको प्रयोग अत्याधिक मात्रामा बढेको छ ।

सेन्सर टावरको रिपोर्ट अनुसार सन् २०२० मा यी तेह्र एपहरु सबैभन्दा बढी डाउनलोड भएका छन् जसमा कुनै एप प्ले स्टोरमा शिर्ष दश मा परेका छन् भने कुनै चाँही एप स्टोरको शिर्ष दशमा पर्न सफल भएका छन् ।

टिकटक

भिडियो शेयरिङ एप टिकटक दुवै प्लेटफर्म गूगल प्ले स्टोर र एप्पलको एप स्टोरमा सबैभन्दा बढि डाउनलोड गरिएको एप बनेको छ ।

फेसबुक

सामाजिक सञ्जाल जायन्ट फेसबुक भने एप्पलको एप स्टोरमा पाँचौँ स्थान र गूगल प्ले स्टोरमा तेस्रो स्थानमा परेको छ ।

ह्वाट्सएप

मेसेज गर्न मिल्ने एप ह्वाट्सएप भने एप्पलको एप स्टोरमा छैटौँ स्थान र गूगल प्ले स्टोरमा दोस्रो स्थानमा परेको छ ।

फेसबुक मेसेन्जर

फेसबुकको मेसेज गर्ने एप मेसेन्जर भने एप्पलको एप स्टोरमा सातौँ स्थान र गूगल प्ले स्टोरमा छैटौँ स्थानमा परेको छ ।

इन्स्टाग्राम

फोटो सेयरिङ एप इन्स्टाग्राम एप्पलको एप स्टोरमा चौथो स्थान र गूगलको प्ले स्टोरमा पाँचौँ स्थानमा परेको छ ।

जूम

चर्चित भिडियो कन्फेरेन्सिङ एप जूम एप्पलको एप स्टोरमा  दोस्रो स्थान र गूगल प्ले स्टोरमा चौथो स्थानमा परेको छ ।

युट्युब

भिडियो स्ट्रीम गर्ने एप युट्युब भने एप्पलको एप स्टोरमा तेस्रो स्थानमा परेको छ तर यसले गूगल प्ले स्टोरमा भने शिर्ष १० मा स्थान पाउन सफल भएको छैन् ।

जीमेल

गूगलको ईमेल स्टोर भने एप्पलको एप स्टोरमा आठौँ स्थानमा परेको छ तर यसले गूगल प्ले स्टोरमा भने शिर्ष १० मा स्थान पाउन सफल भएको छैन् ।

गूगल म्याप

गूगल म्याप एप्पलको एप स्टोरमा आठौँ स्थानमा परेको छ तर यसले गूगल प्ले स्टोरमा शिर्ष १० मा आफ्नो स्थान बनाउन सफल भएको छैन् ।

स्न्यापच्याट

स्न्यापच्याट गूगल प्ले स्टोरमा सातौँ स्थानमा परेको छ तर यसले एप्पल एप स्टोरमा भने शिर्ष १० मा परेको छैन् ।

गूगल मीट

त्यस्तै गूगल मीट गूगल प्ले स्टोरमा आठौँ स्थानमा परेको छ तर यसले एप्पल एप स्टोरमा भने शिर्ष १० मा स्थान पाउन सफल भएको छैन् ।

टेलिग्राम

टेलिग्राम गूगल प्ले स्टोरमा नौँ स्थानमा परेको छ तर यसले एप्पल एप स्टोरमा शिर्ष १० मा स्थान पाउन सफल भएको छैन् ।

लाइकी

लाइकी गूगल प्ले स्टोरमा दशौँ स्थानमा पर्न सफल भएको छ तर यसले एप्पल एप स्टोरमा भने शिर्ष १० मा स्थान पाएको छैन् ।