कीवर्डहरू -

६ हजार एमएएच ब्याट्रीसहित ग्यालेक्सी एम १२ नेपालमा, कति होला मूल्य ?

६ हजार एमएएच ब्याट्रीसहित ग्यालेक्सी एम १२ नेपालमा, कति होला मूल्य ?

सामसङले ग्यालेक्सी एम १२ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । एम सिरिज अन्तर्गतको एम १२ स्मार्ट फोनमा ६ हजार एमएएच ब्याट्री र ४८ मेगापिक्सल क्यामेरा लगायतका सुविधाहरु रहेका छन् ।

एम १२ मा ९० हर्ज रिफ्रेस रेट, ८ एनएम एक्सेनस प्रोसेसर जस्ता विशेषताहरु पनि छन् । यसमा १५ वाटको फास्ट चार्जिङ र ६.५ इन्चको डिस्प्ले सुविधा रहेको छ ।

फोनमा भएको चार क्यामराले उत्कृष्ट फोटो खिच्न सघाउने कम्पनीले जनाएको छ । जसमा ४८ मेगापिक्सलको वाइड एंगल, ५ मेगापिक्सलको क्लोज अप, २ मेगापिक्सलको म्याक्रो, २ मेगापिक्सलको डेप्थ क्यामरा र ८ मेगापिक्सलको सेल्फी क्यामरा जडान गरिएको कम्पनीले जनाएको छ ।

एम १२ मा सामसङका प्रिमियम सुविधाहरु सामसङ हेल्थ, सामसङ थिम, ग्यालेक्सी एप तथा मोन्स्टर रिलोडेडको लागि स्मार्ट स्वीच जस्ता सुविधाहरु पनि रहेका छन् ।

कालो, नीलो र सेतो रङमा उपलब्ध यस फोनको ४ जीबी र्याम र ६४ जीबी रोमको १८ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी, ६ जीबी र्याम र १२८ रोमको २२ हजार ४ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।