कीवर्डहरू -

सामान किन्न र पैसा तिर्न लाइन लाग्नु नपर्ने अमेजन गो स्टोर

सामान किन्न र पैसा तिर्न लाइन लाग्नु नपर्ने अमेजन गो स्टोर

अमेजनले गत मार्चमा बेलायतमा चेकआउट नगर्नुपर्ने अमेजन गो स्टोर खोलेको छ । यो स्टोर बेलायतको पश्चिमी ठाउँ ईलिङमा रहेको छ । यस्तो स्टोर अमेजनले सन् २०१८ मै अ‍ेमिरकाको सिटलमा खोलेको थियो ।

अ‍ेमिरकामा अमेजनका २७ ओटा स्टोर रहेका छन् । तर अमेरिका बाहिर बेलायतमै पहिलो चेकआउट लेस स्टोर खोलिएको हो ।

यस्तो स्टोरमा छिर्नु भन्दा पहिले ग्राहकले गेटमा आफ्नो अमेजन गो एपबाट क्यूआर कोड स्क्यान गरेपछि सामान किन्न र पैसा तिर्न लाइन बस्नु पर्दैन ।

यो स्टोरले ग्राहकले के के किने भनेर थाहापाउन कम्प्युटर भिजन प्रविधिको प्रयोग गरेको छ र पछि रिसिप्ट ईमेल गरिदिने गर्छ । यसले कोभिडको समयमा पनि धेरै भिड हुन दिदैन् । अमेजनको यो सेल्फ सर्भिसलाई धेरै ग्राहकले रूचाएका छन् ।