कीवर्डहरू -

रिचार्जरको नयाँ वर्ष अफर, ७० प्रतिशत छुटसँगै एउटा ग्याजेट किन्दा अर्को सित्तैंमा

रिचार्जरको नयाँ वर्ष अफर, ७० प्रतिशत छुटसँगै एउटा ग्याजेट किन्दा अर्को सित्तैंमा

रिचार्जरले नयाँ वर्षको अवसरमा न्यू इयर सेल अफर सार्वजनिक गरेको छ । ई–कमर्श प्लेटफर्म रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने भएको हो ।

देशभरी डेलिभरी सेवा दिने रिचार्जरले ग्याजेट्सका अलावा अन्य सामान खरिद गर्दा डेलिभरीको समयमा भुक्तानी गर्न सकिने जनाएको छ ।

यसैगरी अफरमा एउटा ग्याजेट्स किन्दा अर्को एउटा सित्तैंमा पाइने रिचार्जरले जनाएको छ । यो अफर भने तोकिएका ब्रान्ड तथा ग्याजेट्मा मात्र लागू हुनेछ । त्यसैगरी, नयाँ वर्षमा रिचार्जरबाट सामान खरिद गर्नेले गिफ्ट भौचर, क्यास प्वाइन्ट पनि पाउने छन् ।

चैत ३० गते सोमबारदेखि आगामी बैशाख २ गतेसम्म चल्ने अफरमा सहभागि सबै ग्राहकलाई गोलाप्रथामा सहभागि गराई आकर्षक उपहार पनि बितरण गरिने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

किस्ताबन्दीमा ग्याजेट्स खरिद गर्न चाहनेहरुले सेल अवधिमा बिना कुनै शुल्क प्रकृया अघि बढाउन सक्नेछन् । यस अवधिमा किस्ताबन्दीमा सामान खरिद गर्नेहरुलाई शुन्य प्रतिशत व्याजदरमा ग्याजेट्स उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।