कीवर्डहरू -

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस र नेपालको सम्बन्ध

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस र नेपालको सम्बन्ध

आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)मा सदस्य रहेका १९३ देशमा हरेक वर्ष मे १७ का दिन यो दिवस मनाउँदै आएका छन् ।

यसै सन्दर्भमा नेपालमा पनि दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले विशेष कार्यक्रम गर्दै छ ।

आजनको दिन आईटीयू सदस्यहरुका लागि आइसिटी विकासको राष्ट्रिय रणनीति, लगानी, सहयोग र साझेदारीलाई प्रोत्साहित गर्ने र स्मार्ट नीतिहरूको प्रवद्र्धन गरेर डिजिटल रूपान्तरणको लागि निरन्तर जोड दिने अवसर हो ।

नेपालबाट ज्ञान र नीतिगत संवादलाई सहज पार्न नेपाल दूरसञ्चार प्राधिकरणले भर्चुअल कार्यक्रमको  आयोजना गरेर डब्ल्यूटीआईएसडी २०२१ मनाउन लागेको छ ।

सन् १७ मे १८६५ आजभन्दा १५५ वर्ष अघि स्थापना हुदा आइटियुको नाम इन्टरनेशनल टेलिग्राफ युनियन रहेको थियो । जसको उद्देश्य विश्वमा दूरसञ्चारको विकास र विस्तार हुनुपर्छ भन्ने थियो ।

इन्टरनेसनल टेलिग्राफ स्थापना हुदा यसमा २० वटाम मात्र राष्ट्र थिए ।

सन् १० डिसेम्बर २०३२ मा दुई फरक संस्थाहरु इन्टरनेशनल टेलिग्राफ युनियन र इन्टरनेशनल रेडियोटेलिग्राफ युनियन मिलाएर इन्टरनेशनल टेलिकम्युनिकेशन युनियनको रुपमा स्थापना भएको थियो ।

संयुक्त राष्ट्र संघ (युएन) अन्तर्गत रहने आइटियुका आइटियु टी, आइटियु डी र आइटियु रेडियोकम्युनिकेशन क्षेत्रहरु रहेका छन । स्विजरल्याण्ड स्थित जेनेभामा मुख्यालय रहेको आइटियुका हाल सेक्रेटरी जनरल ह्वलिन जाओ रहेका छन ।

सन् २००५ देखि संयुक्त राष्ट्र संघले सूचना समाज दिवस पनि मनाउन थालेको थियो । सन् २००६ नोभेम्बरमा टर्किमा भएको एक अन्तराष्ट्रिय सम्मेलन मार्फत आइटियु र इन्फरमेशन सोसाइटी दिवससँगै मनाउने निर्णय गरियो ।

त्यसैअनुरुप सन् २००६ मे १७ देखि ‘वल्र्ड इन्फरमेसन टेलिकम्युनिकेसन एण्ड इन्फरमेशन सोसाइटी डे’को रुपमा मनाउदै आइएको छ ।

नेपाल सन् १९५७ डिसेम्बर १५ तारिखमा आइटियुको सदस्य राष्ट्र भएको थियो ।
सदस्यता लिएसँगै नेपालले आइटियुका विभिन्न कार्यक्रममा सहभागी हुने र सहयोग प्राप्त गर्न थालेको थियो ।

नेपालको दूरसञ्चारको विकास, गुणस्तर तथा तालिमलगायतका क्षेत्रमा आइटियुले निरन्तर सहयोग गर्दै आएको छ ।

आइटियुले दुरसञ्चारको क्षेत्रमा संसारभर रेडियो स्पेक्ट्रम प्रयोगमा जोड दिन्छ र स्याटेलाइट अर्विटहरु निर्धारण गर्छ ।

यसैगरी विश्वभरी प्राविधिक मापदण्ड तयार गर्दै पूर्वाधारको विकासमा जोड दिने गर्छ । यसले ब्रोडव्याण्ड इन्टरनेट, वायरलेस प्रविधि, टिभी प्रशारण र नयाँ पुस्ताको नेटवर्क विकासमा समेत काम गर्दै आइरहेको छ ।

१९९८ मार्च ४ तारिखमा नेपाल दूरसञ्चार प्राधिकरण स्थापना भएपछि दूरसञ्चार क्षेत्रको नियमक निकायको रुपमा प्राधिकरणले देशभर दुरसञ्चार तथा इन्टरनेटको विस्तारमा काम गर्दै आइरहेको छ ।

आइटियुसँग सहकार्य गर्दै प्राधिकरणले फ्रिक्वेन्सी व्यवस्थापन र नयाँ प्रविधिको प्रयोग गरेर डिजिटल कनेक्टिभिटीको विस्तारमा जोड दिदै आएको छ ।

धिकरणको पछिल्लो तथ्यांक अनुसार माघ २०७७ सम्म १३० प्रतिशतमा मोवाइल र ८४ प्रतिशतमा ब्रोडव्याण्डको पहुच पुगेको छ । अहिले नेपालमा दुरसञ्चार र इन्टरनेटको क्षेत्रमा काम गर्नेगरी १ सय ९१ संस्थाहरुले लाइसेन्स लिएका छन ।

दुरसंचारको क्षेत्रमा बिभिन्न ऐन नियमहरु बनेका छन् । पछिल्लो समय दुरसंचार प्राधिकरणले सेटेलाइट नीति २०७७ र साइबर सेक्युरिटी नियमावली २०७७ ल्याएको छ।

नेपाल सरकारले सन् २०१९ मा डिजिटल नेपाल फ्रेमवर्क पनि सार्बजनिक गरेको छ । जसमा बिभिन्न ८ डोमेन र ८० इनिसिएटिभ्स रहेका छन् ।
त्यस अन्तर्गत बिशेषगरी  डिजिटल फाउन्डेशन डोमेनमा दुरसंचार प्राधिकरणले काम गरिरहेको छ ।

यसैबीच नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले विश्व दूरसंचार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) को अवसरमा विशेष कार्यक्रम गर्न लागेको छ ।

यस वर्ष पनि ‘चुनौतीपूर्ण समयमा डिजिटल रूपान्तरणको गति’ ‘थिम’मा उक्त दिवस मनाइदै छ ।

प्राधिकरणले ‘चुनौतिपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा विशेष कार्यक्रम गर्न लागेको हो ।

सोमबार विहान ११ः३० देखि भर्चुअल माध्यमबाट आयोजना हुने कार्यक्रममा सञ्चार तथा सुूचना प्रविधि मन्त्री पार्वत गुरुङले सम्बोधन गर्ने छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा आयोजना हुने कार्यक्रममा आइसिटी विज्ञ मनोहर भट्टराईको ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणका मुख्य ट्रेण्डहरु’ विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

यसैगरी ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा प्यानल डिस्कसन समेत सञ्चालन हुने छ ।

त्यस्तै, कार्यक्रममा प्यानल डिस्कसन हुने छ । जसमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवल प्रसाद भण्डारी, नेपाल राष्ट्र बैंकका डिप्युटी गर्भनर बम बहादुर मिश्र, नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारी र उद्योग वाणिज्य महासंघ, आइसिटी विकास समितिका सभापति मंगेश लाल श्रेष्ठ स्रोत व्यत्तिको रुपमा रहेका छन् ।