कीवर्डहरू -

काउन्सिलमा दर्ता भएका डाक्टरलाई टेलिकमको निःशुल्क अनलिमिटेड भ्वाइस, यस्तो छ लिने तरिका

काउन्सिलमा दर्ता भएका डाक्टरलाई टेलिकमको निःशुल्क अनलिमिटेड भ्वाइस, यस्तो छ लिने तरिका

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका सबै चिकित्सकहरुले १ महिना सम्म निःशुल्क नेपाल टेलिकमको अनलिमिटेड भ्वाइस प्याक पाउने भएका छन् ।

काउन्सिलले शुक्रबार एक सूचना प्रकाशित गर्दै काउन्सिलमा दर्ता भएका सम्पूर्ण चिकित्सकहरुलाई एक महिनाको अवधिभरका लागि नेपाल टेलिकमको निःशुल्क अनलिमिटेड भ्वाइस प्याक उपलब्ध हुने जानकारी गराएको हो ।

अनलिमिटेड भ्वाइस प्याक लिनका लागि इच्छुक चिकित्सकले यहाँ क्लिक गरी फाराम भरेर पठाउन सक्ने छन् । यो सुविधा प्रयोग नेपाल टेलिकमको मोबाइल नम्बर चिकित्सक स्वयं आफैको नाममा दर्ता भएको हुनुपर्नेछ ।

हेर्नुहोस् विज्ञप्ती

\"\"