कीवर्डहरू -

फ्युज मेसिन्स नेपालमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन 

फ्युज मेसिन्स नेपालमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन 

एआई क्षेत्रमा काम गरिरहेको फ्युज मेसिन्स नेपालले विभिन्न पदमा कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना सार्वजनिक गर्दै फ्युज मेसिन्स नेपालले ११ पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले कन्टेन्ट राइटर, डेटा इन्जिनियर, मेसिन लर्निङ इन्जिनियर, पीएचपी डेभलपर, पाइथन डेभलपर, क्युए इन्जिनियर, सिनियर एन्ड्रोइड इन्जिनियर, सिनियर डेभअप्स इन्जिनियर, सफ्टवयेर इन्जिनियर (ब्याक इण्ड), सफ्टवेयर इन्जिनियर (जाभास्क्रिप्ट) र युएक्स युआई डिजाइनर पदमा कर्मचारी माग गरेको छ ।

यी जबको बारेमा थप जानकारी लिन तथा आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । फ्युज मेसिनले शैक्षिक संस्थालाई डिजिटल बनाउने उदेश्यका साथ गत वर्ष एआई इनेबल एजुकेसन प्लेटफर्म फ्युज क्लासरूम सार्वजनिक गरेको थियो । फ्युजमेसिन्सको नेपाल, अमेरिका, क्यानडा र डोमिनिकन रिपब्लिक देशमा उपस्थित रहेको छ ।