कीवर्डहरू -

राष्ट्रपति कार्यालयको वेबसाइटमा पुनः देखिए \'हराएका\' सूचना

राष्ट्रपति कार्यालयको वेबसाइटमा पुनः देखिए \'हराएका\' सूचना

राष्ट्रपति कार्यालयको वेबसाइट मा नदेखिएका प्रेस विज्ञप्तिहरु पुनः देखिएका छन् । प्राविधिक समस्या आउँदा वेबसाइटमा सूचनाहरु नदेखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सह सचिव रूपनारायण भट्टराईले फाइल व्यवस्थापन प्रणालीमा हाइड भएका कारण पछिल्ला सूचनाहरु नदेखिएको बताए ।

‘प्राविधिक समस्या आएको थियो । फाइल म्यानेजमेन्टमा हाइड भएछ,’ प्रवक्ता भट्टराइले आइसिटी समाचारसँग भने, ‘प्राविधिक समस्या आएको थियो । त्यो अहिले समाधान भइसक्यो ।’

यसअघि प्रतिनिधि सभा विघटन र प्रधानमन्त्रीमा दाबी नपुगेको प्रेस विज्ञप्ति लगायत जेठ १ गते यताका प्रेस विज्ञप्तिहरु ‍वेबसाइटमा देखिएका थिएनन् ।