कीवर्डहरू -

स्ट्यान्डर्ड चार्टर्ड बैंक पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध

स्ट्यान्डर्ड चार्टर्ड बैंक पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्ट आईपीएस र नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको हो ।

जस अन्तर्गत यस परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा रहेको खाताबाट कनेक्ट आईपीएस मार्फत एससीबीएनएलमा रहेको खातामा अनलाइन फन्ड ट्रान्सफर गर्न सक्नेछन् ।

एससीबीएनएल र एनसीएचएलका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित भर्चुअल समारोहमा सो सम्बन्धमा सदस्यता सम्झौता कार्यान्वयन भएको छ ।

यस सहकार्यले ग्राहकहरूलाई अनलाइन भुक्तानीमा थप सहयोग पुर्‍याउने र नेपालको डिजिटल भुक्तानी इकोसिस्टम विस्तार गर्न सहयोग हुन विश्वास बैंकको छ ।