कीवर्डहरू -

स्वास्थ्यकर्मीहरुले यसरी लिनुहोस् नेपाल टेलिकमको एक महिनासम्म निःशुल्क भ्वाइस कल सेवा 

स्वास्थ्यकर्मीहरुले यसरी लिनुहोस् नेपाल टेलिकमको एक महिनासम्म निःशुल्क भ्वाइस कल सेवा 

नेपाल टेलिकमले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुलाई एक महिनासम्म निःशुल्क भ्वाइस कल सेवा उपलब्ध गराउन सुरू गरेको छ ।

धन्यवाद स्वास्थ्यकर्मी अफर नेपाल टेलिकमको पोष्टपेड तथा प्रिपेड दुबै सिममा उपलब्ध हुनेछ । स्वास्थ्यकर्मीहरुले यो अफर सक्रिय गरेपछि आफ्नो मोबाइल नम्बरबाट एक महिनासम्म नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गर्न सक्ने छन् ।

पोस्टपेड मोबाइलको हकमा भने नियमानुसार लागु हुने रेन्टल चार्ज कायमै रहने टेलिकमले जनाएको छ । स्वास्थ्यकर्मीहरुको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषदहरुले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराए पश्चात यो अफर उपलब्ध गराइने छ ।

आफ्नो नाममा टेलिकमको सिमकार्ड नहुने स्वास्थ्यकर्मीहरुले नयाँ सिमकार्ड लिन सम्बन्धित परिषदको आधिकारिक लेटर प्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी नेपाल टेलिकमलाई उपलब्ध गराउनु पर्नेछ अथवा स्वास्थ्यकर्मीको सम्बन्धित परिषदको परिचय पत्रका आधारमा नयाँ सिमका लागि भर्नुपर्ने फाराम नियमानुसार भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम प्राप्त गर्न सकिने छ ।

स्वास्थ्यकर्मीले यसरी लिनुहोस् यो सुविधा

टेलिकमले यो अफर स्वास्थ्यकर्मीहरुको आफ्नै नाममा रहेको सीममा मात्रै उपलब्ध गराउने जानकारी दिएको छ । तपाईले प्रयोग गर्ने नमस्तेको सिम कसको नाममा छ भनेर *९२२# डायर गरेर थाहा पाउन सकिने छ ।

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टहरुले यो सुविधा लिन यहाँ क्लिक गरी आफ्नो नाम, एनएमसी नम्बर र मोबाइल नम्बर लगायत विवरण भरेर पठाउनु पर्छ ।

त्यस्तै नेपाल स्वास्थ्य व्यसायी परिषदमा दर्ता भएका स्वास्थ्यकर्मीहरुले यहाँ क्लिक गरेर आफ्नो नाम, दर्ता नम्बर, इमेल, मोबाइल नम्बर लगायत विवरण राखेर पठाउनु पर्नेछ ।

नेपाल नर्सिङ परिषदमा दर्ता भएका नर्सहरुले यहाँ क्लिक गरी नाम, इमेल, दर्ता नम्बर, मोबाइल नम्बर लगायतका आफ्नो विवरण भरेर पठाउनु पर्नेछ ।

त्यसैगरी नेपाल फार्मेसी परिषदमा दर्ता भएका फार्मासिस्टहरुले यहाँ क्लिक गरी आफ्नो नाम, नागरिकता नम्बर, दर्ता नम्बर, फोटो, ठेगाना, फोन नम्बर लगायतका विवरण भरेर पठाउनु पर्नेछ ।

त्यसपछि सम्बन्धित परिषदहरुले आफ्नो लेटर हेडमा स्वास्थ्यकर्मीको मोबाइल नम्बरसहितको पत्र नेपाल टेलिकमलाई उपलब्ध गराएपछि टेलिकमको १ महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराउने छ ।