कीवर्डहरू -

चालक मजदूरको परिवारलाई निःशुल्क शिक्षा तथा राहत दिदै राइड शेयरिङ कम्पनी इजी ट्याक्सी

चालक मजदूरको परिवारलाई निःशुल्क शिक्षा तथा राहत दिदै राइड शेयरिङ कम्पनी इजी ट्याक्सी

राइड शेयरिङ्ग कम्पनी इजी ट्याक्सी नेपालले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका स्वरोजगार व्यवसायी तथा ट्याक्सी चालक मजदूरहरुको परिवारको लागि निशुल्क शिक्षा सामाग्री तथा राहत कार्यक्रमको घोषणा गरेको छ ।

दोस्रो एम्बुलेन्सको रुपमा काम गरिरहेका उपत्यकामा सञ्चालनमा रहेका ट्याक्सीहरुको व्यवसायाय व्यवस्थित र मर्यादित तथा समय सापेक्षरुपमा सञ्चालन गर्नको लागि सक्रिय रहेको यस इजि ट्याक्सीले अहिलेको अवस्थामा राहत कार्यक्रम ल्याएको हो ।

कोरोना भाइरसको महामारीले यो व्यवसाय हालको समयमा उठ्न नसक्ने गरि एकदमै धरासायी अवस्थामा पुगेको छ । यस्तो अवस्था हुँदाहुँदै केही हाम्रा मिहिनेती स्वरोजगार तथा मजदूर चालक साथीहरुको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

यस दुखद घडीमा उहाँहरुको परिवालाई केही सहयोग पुर्याउने उद्धेश्यले परिवारको एकजना बालबालिकालाई दश कक्षासम्मको पढाई खर्च व्यहोरी सहयोग गर्ने इजी ट्याक्सी नेपालका सञ्चालक संजीत पौडेलले बताए । कोही बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस भन्नको लागि यस प्रकारको सहयोग गरिएको उनले बताए ।

‘यस कोरोना महामारीले गर्दा आफ्नो दैनिक जिवनयापन गर्न समस्या परेकाहरुका लागि सहयोग पुर्याउने उद्धेश्यले कोरोना राहत कार्यक्रम पनि सञ्चालन गरिएको छ,’ उनले भने, ‘यस प्रकारको सेवा लिनको लागि इजी ट्याक्सी नेपालको वेबसाइटमा गएर नाम ठेगाना, फोन नम्बर राख्नुपर्ने हुन्छ ।’

पौडेलले अगाडी भने, ‘यस कोरोना महामारी हामी सबैको साझा चुनौती हो हामी सबै मिलि आपसी सहयोगको भावनाले आफुले सक्नेसम्मको सहयोग गर्ने हो । त्यहि हिसाबले हामीले ट्याक्सी चालक परिवारहरुलाई केहि सहयोगहोस भनेर राहत घोषणा गरेका हौं ।’

इजी ट्याक्सी नेपालले यस भन्दा अगाडी पनि चालकहरुको कोरोना बीमा, सवारी साधनको बीमामा छुटको व्यवस्था, मृतक चालकको परिवारलाई आर्थिक सहयोग लगायत अन्य थुप्रै राहत तथा आर्थिक सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ ।

आगामी दिनहरुमा काठमाडौं महाानगरपालिका विभिन्न सरोकारबाला निकाय संघ संस्था तथा विभिन्न संगठनसँग मिलेर यस व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनका साथै अन कल तथा अनलाइनको माध्यमबाट सेवा सञ्चालन गर्नेगरी काम गरिरहेको छ ।

यस व्यवसायमा आबद्ध रहेका स्वरोजगार तथा मजदूर चालकहरुलाई सामाजिक सुरक्षा कोषको अवधारणामा सामेल गराई राज्यले प्रदान गर्ने सुविधा समेत ग्यारेन्टी गराउनेतर्फ इजी ट्याक्सी नेपाल लागिरहेको अवगत गराउँदछौं ।