कीवर्डहरू -

अमेरिकाको स्वास्थय र आपतकालिन नेटवर्कमा र्‍यान्समवेयर आक्रमण

अमेरिकाको स्वास्थय र आपतकालिन नेटवर्कमा र्‍यान्समवेयर आक्रमण

हालैमा आयरल्याण्डको स्वास्थय सेवा माथि र्‍ यान्समवेयर आक्रमण भएको थियो । सोही ह्याकरहरुले अमेरिकाको स्वास्थय र आपतकालिन नेटवर्कमा र्‍ यान्समवेयर आक्रमण गरेका छन् ।

एफबिआईले यो विषयलाई एकदमै सावधानीले लिन आग्रह गरेको छ । ह्याकरहरुले कम्तीमा पनि १६ ओटा स्वास्थय र आपतकालिन नेटवर्कमा र्‍यान्समवेयर आक्रमण गरेको पनि एफबिआईको ठहर रहेको छ ।

त्योसँगै पुलिस र ९११ डिस्प्याच सेन्टरहरु पनि खतराको क्षेत्रमा रहेको एफबिआईको दाावी छ । यो ह्याकर समूहले कन्टी ¥यान्समवेयर प्रयोग गरेर आक्रमण गरिरहेको अनुसन्धानले देखाएके छ ।

कन्टी र्‍यान्समवेयरले फाइल चोर्ने, प्रणाली इन्क्रिप्ट गर्ने र पैसा नतिरेमा पाएको सूचना बेचिदिने वा अनलाइन प्रकाशित गरिदिने गर्दछन् ।

एफबिआइले अमेरिकाको स्वास्थय र आपतकालिन नेटवर्कले पैसा तिर्याे की छैन् भनेर बताएको छैन् । कन्टी र्‍यान्समवेयर रुसमा रहेको विजार्ड स्पाईडर साइबरक्राइम ग्याङ्को अन्र्तगत रहेको विश्वास गरिन्छ ।

यो र्‍यान्समवेयरले रयुक ¥यान्समवेयरसँग केही कोडहरु सेयर गर्ने र म्यालवेयर डिस्ट्रीबयुसन च्यानेल प्रयोग गर्ने गर्दछ ।

आयरल्याण्डको आक्रमणमा ह्याकरहरुले फ्रि डिक्राइप्टर निकालेका थिए तर पनि डेटा प्रकाशित या बेचिदिने धम्की पनि दिएका थिए । सुरुमा ती ह्याकरहरुले पैसा मागेका थिए।

यो पाली पनि ह्याकरहरु सोही प्रक्रियामा  जाने अनुमान लगाइएको छ । पैसा तिर्न थालेमा यी र्‍यान्समवेयर आक्रमण अझै बढ्दै जान सक्ने अनुमान लगाइएको छ ।