कीवर्डहरू -

६४ प्रतिशतमा पुग्यो मोबाइल ब्रोडव्यान्ड, फोरजी चलाउने ७६ लाख ६८ हजार

६४ प्रतिशतमा पुग्यो मोबाइल ब्रोडव्यान्ड, फोरजी चलाउने ७६ लाख ६८ हजार

मुलुकमा मोबाइल ब्रोडव्यान्डको पहुँच ६४ प्रतिशतमा पुगेको छ । मुलुकमा संचालित तीनवटा मोबाइल सेवा प्रदायकको तीव प्रतिस्पर्धा सँगै फोरजी चलाउने ग्राहकमा वृद्धि भएको ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको फागुन महिनाको एमआईएस रिपोर्टअनुसार मुलुकमा ६४.०८ प्रतिशतमा मोबाइल ब्रोडव्यान्ड पुगेको छ ।

एक महिनामा मोबाइल ब्रोडव्यान्डमा २.६१ प्रतिशतले वृद्धि भएको छ ।

माघ महिनामा मोबाइल ब्रोडव्यान्डको पहुँच ६१.४७ प्रतिशतमा पुगेको थियो । अर्थात माघ महिनासम्म १ करोड ८५ लाख ८१ हजार ३ सय ५२ जनाले मोबाइल ब्रोडव्यान्ड प्रयोग गरिरहेका थिए ।

फागुनमा आइपुग्दा यो संख्या ६४.०८ प्रतिशतमा पुगेको छ । यस महिनामा मोबाइल ब्रोडव्यान्डमा प्रयोग गर्नेको संख्या १ करोड ९३ लाख ७० हजार १ सय ४३ पुगेको छ ।

यस हिसाबले हेर्दा मोबाइल ब्रोडव्यान्डमा मात्रै ७ लाख ८८ हजार ७ सय ९१ जना जोडिएका छन् ।

फागुनमा फोरजी चलाउनेको संख्या ७६ लाख ६८ हजार १ सय ८१ पुगेको छ । माघमा यो संख्या ७० लाख ९२ हजार ८ सय पाँच थियो । फोरजी चलाउनेको संख्यामा पनि ५ लाख ७५ हजारले वृद्धि भएको छ ।

त्यस्तै, थ्रिजी चलाउनको संख्या १ करोड १५ लाख ६५ हजार ३ सय ८९ पुगेको छ । यो त्यसअघिको महिनाको भन्दा २ लाख १३ हजार ४ सय १५ ले बढी हो ।

माघमा थ्रिजी चलाउनेको संख्या १ करोड १३ लाख ५१ हजार ९ सय ७४ थियो ।