कीवर्डहरू -

नयाँ बजेटमा स्टार्टअपलाई ५ वर्षसम्म कर छुट दिने तयारी

नयाँ बजेटमा स्टार्टअपलाई ५ वर्षसम्म कर छुट दिने तयारी

जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आउँदै छ । यतिबेला अर्थ मन्त्रालय नयाँ  नीति तथा कार्यक्रम बनाउन जोड्तोड्ले  लागिरहेको छ ।

मन्त्रालयका अनुसार आगामी वर्षको बजेटमा सरकारले स्टार्टअपलाई कर छुट दिने तयारी गरेको छ । सरकारले स्टार्टअपलाई आगामी आर्थिक वर्षको बजेट मार्फत ५ वर्षको कर छुट दिने तयारी गरेको हो ।

विभिन्न संघसंस्थाहरुले नेपालमा स्टार्टअपलाई प्रवर्द्धन गर्न सरकारले करमा छुट दिनुपर्ने माग गर्दै आएका थिए । उक्त माग यस पटकको बजेटमार्फत सम्बोधन हुने मन्त्रालयको भनाइ छ ।

पछिल्लो समय नेपाली युवाहरु स्टार्टअपमा आकर्षित भएका  छन।

तर केही युवाहरु स्टार्टअप सुरू गर्न आकर्षित भएपनि कर लगायतका झमेलाले स्टार्टअपमा अगाडि बढेका थिएनन् । नेपालमा पछिल्लो समय स्टार्टअपलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु समेत सञ्चालन हुँदै आएका छन् ।