कीवर्डहरू -

रुसले गूगललाई भन्यो- अनैतिक सामाग्रीहरु डिलिट गर, नत्र कारवाही भोग्नु पर्ने छ

रुसले गूगललाई भन्यो- अनैतिक सामाग्रीहरु डिलिट गर, नत्र कारवाही भोग्नु पर्ने छ

रुसले गूगललाई अनैतिक सामाग्रीहरु डिलिट गर्न भनेको छ ।

नभएमा एप सुस्त हुने पनि चेतावनी दिएको छ । रोयटर्सका अनुसार रोस्कोम्नाडजोर ईन्टरनेट कमिसनले गूगललाई २४ घण्टा दिदै रुसले अनैतिक सामाग्री भनेर छुट्याएको २६,००० कन्टेन्टहरुलाई हटाउन अल्टिमेटम दिएको छ ।

गूगलले भनेको नमानेमा आफ्नो वार्षिक आम्दानीको १० प्रतिशत जरिवाना तिर्नुपर्ने पनि रुसले जनाएको छ । त्योसँगै साईट पनि सुस्त बनाईदिने रोस्कोम्नाडजोर ईन्टरनेट कमिसनले बताएको छ । एजेन्सीका अनुसार रुसको मिडिया आउटलेट र आरटी, स्पुतनिक जस्ता राज्यको स्वमित्वको संस्थाहरुलाई गूगलले सेन्सर गरिदिएको छ ।

गूगलले अनैतिक सामाग्रीलाई बढावा दिएर रुसको राजनीतिमा दखल गर्न प्रयास गरेको एजेन्सीको ठहर रहेको छ । पहिले पनि गूगलले ट्वीटरलाई ब्यान गरेको कन्टेन्टहरु हटाउन लगाएको थियो । गूगलले ट्वीटर जसरी रुसले भनेको मान्छ की मान्दैन् भनेर कुरामा अन्योलनै रहेको छ ।