कीवर्डहरू -

अब बैंकको ब्याज परिवर्तन एसएमएसबाट जानकारी गराउनुपर्ने, एसएमएसमा कति खर्च होला ?

अब बैंकको ब्याज परिवर्तन एसएमएसबाट जानकारी गराउनुपर्ने, एसएमएसमा कति खर्च होला ?

अब बैंकहरुले निक्षेप तथा कर्जाको व्याजदर परिवर्तन गर्दा ग्राहकलाई इमेला वा एसएमएसबाट तत्काल जानकारी गराउनु पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार बैंकहरुलाई निर्देशन जारी गर्दै उक्त नियम ल्याएको हो ।

त्यसैगरी, केवाइसी अपडेट डिजिटल माध्यमबाट गर्न निर्देशन दिएको छ । केवाइसी अपडेट डिजिटल माध्यमबाट गरेर निस्कृय खातालाई संचालनको अवसर दिन राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।

नबिल बैकका जेनेरल म्यानेजर मनोज ज्ञवालीले आफ्नो फेसबकुमा मंगलबार नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन र यसको असर भनेर प्रतिक्रिया दिएका छन् ।

राष्ट्र बैंकले आज निर्देशन गरेको मुख्य बँुदामा कमेन्ट गर्दै उनले हरेक पटक व्याजको परिवर्तन गर्दा लाखौं रुपैया बैंकहरुको एसएमएस चार्जमा जाने उल्लेख गरेका छन् ।

‘एसएमएस सेवा प्रदायकको आम्दानीमा राम्रो वृद्धि हुने,’ उनले भनेका छन् ।

उनका अनुसार हाल ३.६४ लाख करोड निक्षेप खाता र १६.८ लाख कर्जा खाता रहेका छन् ।

महिना महिना ब्याज परिवर्तन सबैले गर्ने हो भने ३६ करोड बार्षिक खर्च हुने उनले उल्लेख गरेका छन् ।
यसको बिकल्पको रुपमा सबै ग्राहकको इमेल लिने र अटोमेटिक इमेल नोटिफिकेसनमा काम गर्न उनको सुझाब छ । ‘तर तत्काल लाई खर्च बढ्यो,’ उनले फेसबुकमा लेखेका छन् ।

ग्राहकहरुलाई लकडाउनमा अनलाइनबाटै केवास िअपडेट गर्न पाउने भएपछि यसले सजिलो बनाउने उनको भनाइ छ । कतिपय बैकहरुले शुरु गरिसकेकबै कामलाई अब सबैले गर्नु पर्ने भएको छ ।

मंगलबार राष्ट्र बैंकले क, ख, र ग वर्गका इजाजपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन, २०७७ लाई संसोधन गर्दै थप निर्देशन जारी गरेको हो ।