कीवर्डहरू -

पहिलो त्रैमासिकमा एनसेलको कुल आम्दानी साढे १० अर्ब, डेटाबाट साढे २ अर्ब

पहिलो त्रैमासिकमा एनसेलको कुल आम्दानी साढे १० अर्ब, डेटाबाट साढे २ अर्ब

निजी क्षेत्रको अग्रह णी मोबाइल सेवा प्रदायक एनसेलले यो वर्षको पहिलो त्रैमासिकमा साढे १० अर्ब आम्दानी गरेको छ ।

एनसेलको मुख्य लगानीकर्ता आक्जिआटाले निकालेको पहिलो त्रैमासिक वित्तीय विवरण, २०२१ अनुसार उसले तीन महिनामा १० अर्ब ५३ करोड २० लाख रुपैया आम्दानी गरेको हो ।

यो गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब ५० करोड ७० लाख रुपैयाकले कमी हो । गत वर्षको पहिलो त्रैमासिकमा १२ अर्ब ३ करोडको आम्दानी गरेको थियो ।

एनसेल यस अवधिमा डाटाबाट २ अर्ब ५२ करोड ७६ लाख ८० हजार रुपैया आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा भने उसको डाटा खपतको आम्दानी २ अर्ब ६४ करोड ८५ लाख रुपैयाँ रहेको थियो ।

गत वर्षको पहिलो त्रैमासिकको तुलनामा एनसेलको आम्दानीमा गिरावट देखिए पनि पछिल्लो ३ वटा त्रैमासिकको तुलनामा सुधार देखिएको छ ।

गत वर्षको दोस्रो त्रैमासिकमा एनसेलले ९ अर्ब ५४ करोड आम्दानी गरेकोमा त्यसपछिका दुई त्रैमासिकमा दश वर्ष ३ करोडको आम्दानी गरेको थियो ।

त्यसहिसाबले हेर्दा यस वर्षको पहिलो त्रैमासिकमा सामान्य सुधार देखिएको छ ।

एनसेलको डाटा ग्राहकको संख्यामा पनि वृद्धि भएको छ । यस अवधिमा एनसेलका कुल ग्राहकमध्ये ५० प्रतिशतले डाटा खपत गरिरहेका छन् । गत वर्षको सोही अवधिमा भने ४५.२ प्रतिशतले डाटा प्रयोग गरेका थिए । पहिलो त्रैमासिकमा एनसेलका १ करोड ६३ लाख ग्राहक रहेका छन् ।