कीवर्डहरू -

फाइभजी सपोर्ट गर्ने पोको एफ थ्री नेपालमा, कति होला मूल्य ? 

फाइभजी सपोर्ट गर्ने पोको एफ थ्री नेपालमा, कति होला मूल्य ? 

पोको एफ ३ स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । मंगलबार नेपालमा ६.६७ इन्चको ठूलो एमोलेड डिस्प्ले भएको पोको एफ थ्री सार्वजनिक भएको हो ।

‘पोकोमा हामी हाम्रा फ्यानहरुको लागि उत्तम टेक्नोलोजी ल्याउनमा केन्द्रित छौँ । पोकोका उत्पादनहरुले नेपालमा देखेको जबरदस्त प्रतिक्रिया हाम्रो उपभोत्ताहरुको हामी माथिको विस्वासको गवाही हो,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हाम्रो विरासतलाई अगाडि बढाउँदै हामी पोको एफ ३ नेपालमा ल्याउँदा उत्साहित छौँ ।’

पोको एफ थ्रीमा स्न्यापड्रागन ८७० फाइभजी प्रोसेसर प्रयोग गरिएको छ । पोको एफ ३ मा १२० हर्जको रिफ्रेस रेट रहेको छ ।

फोनको अगाडि र पछाडि फोनमा कोर्निङ गोरिल्ला ग्लासले सुरक्षित गरिएको हुन्छ । पोको एफ थ्रीमा ६ जीबी र्‍याम र ८ जीबी र्‍याम राखिएको छ भने १२८ जीबी र २५६ जीबी इन्टर्नल स्टोरेज उपलब्ध रहेको छ ।

फोनमा २० मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । पोको एफ थ्रीमा ४८ मेगापिक्सेल प्राइमरी लेन्ससहित ट्रिपल रियर क्यामेरा रहेको छ । जसमा ८ मेगापिक्सेल अल्ट्रावाइड लेन्स र ५ मेगापिक्सेल टेलि म्याक्रो लेन्स छन् ।

यसमा एन्ड्रोइडमा आधारित एमयुआई १२ अपरेटिङ सिस्टम रहेको छ । फोनमा फिंगरप्रिन्ट र फेस लकको सुविधा उपलब्ध छ ।

फाइभजी सपोर्ट गर्ने पोको एफ थ्रीमा ४५२० एमएएचको ब्याट्री रहेको छ । नेपाली बजारमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेजको भेरियन्टको मूल्य ४६ हजार ९९९ रूपैयाँ तोकिएको छ । त्यस्तै ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको भेरियन्टको मूल्य ५१ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

पोको नेपालले आगामी जुन ३०भन्दा अघि पोको एफ ३ खरीद गर्ने ग्राहकलाई एक वर्षको ब्रेकेज इन्स्युरेन्स प्रदान गर्ने जनाएको छ ।