कीवर्डहरू -

काठमाडौंमा खाद्यान्न आवश्यक परे आजदेखि यी नम्बरमा फोन गर्नुहोस्

काठमाडौंमा खाद्यान्न आवश्यक परे आजदेखि यी नम्बरमा फोन गर्नुहोस्

आजदेखि काठमाडौं उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञालाई थप कडाई गर्दै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि नखोल्न जिल्ला प्रशासनले निर्देशन जारी गरिसकेका छन् ।

आजदेखि जेठ २० गतेसम्म किराना पसल र डिपार्टमेन्टल स्टोर नखुल्ने भएपछि काठमाडौं प्रशासनले खाद्यान्न खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कसैलाई अत्यावश्यक खाद्य वस्तु नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनबाट खरिद गर्न सकिने छ ।

अत्यावश्यक खाद्य वस्तु मगाएपछि नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले मोबाइल गाडी मार्फत स्थानीय स्तरमै खाद्यान्न खरिद विक्रीको व्यवस्था मिलाइएको छ ।

खाद्यान्न सम्बन्धि जुनसुकै समस्या भएमा नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङका व्यक्तिहरुलाई सम्पर्क गर्न प्रशासनले नम्बर उपलब्ध गराएको छ ।

यी हुन् प्रशासनले उपलब्ध गराएका नम्बर


नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

प्रमुख कार्यकारी अधिकृत, मोहनप्रकाश चन्द: ९८५१३२०३१४

विभागीय प्रमुख, भिमबहादुर थापा: ९८५११३६७८५

प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा: ९८५११२७८८

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड

प्रमुख कार्यकारी अधिकृत, उर्मिला श्रेष्ठ: ९८५१०२२५६४

नायब कार्यकारी अधिकृत, कुमार राजभण्डारी: ९८५१०३३३०३

विभागीय प्रमुख, सबल रिजाल: ९८५१११३६६०

अधिकृत, प्रज्वल प्रधान: ९८४१३३२९९०, ९८१३२७२५६३

\"\" \"\"