कीवर्डहरू -

गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ५३ लाख ४७ हजार ५८३

गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ५३ लाख ४७ हजार ५८३

गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ५३ लाख ४७ हजार ५८३ पुगेका छन् ।

सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा २०७७ सालको फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ५३ लाख ४७ हजार ५८३ पुगेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा इन्टरनेट सेवा प्रदायकका ग्राहक १ लाख ५९ हजार ८९ रहेका थिए । आर्थिक सर्वेक्षणमा राखिएको तथ्यांक अनुसार विगत ६ वर्षमा इन्टरनेट सेवा प्रदायकले आक्रमक रूपमा बजार विस्तार गरेका छन् ।

कोरोना महामारीको समयमा अनलाइन कक्षा, वर्क फ्रम होम लगायतका भर्चुअल कामहरु बढेपछि इन्टरनेट सेवा प्रदायकका नयाँ ग्राहकहरु थपिएका छन् ।