कीवर्डहरू -

सामसङले सार्वजनिक गर्‍यो ४३ इन्चको फोरके एम सेभेन स्मार्ट मनिटर

सामसङले सार्वजनिक गर्‍यो ४३ इन्चको फोरके एम सेभेन स्मार्ट मनिटर

सामसङले आफ्नो स्मार्ट मनिटरको ४३ इन्चको फोरके एम सेभेन भर्सन सार्वजनिक गरेको छ । सामसङले २४ इन्चको १०८० पी एमफाइभ स्मार्ट मनिटर पनि सार्वजनिक गरेको छ ।

यी दुवै मोडेलले प्रडक्टिभिटी र मनोरञ्जन दिने गर्दछन् । यसमा बिल्ट इन स्पीकर पनि रहेको छ । यसको स्मार्ट टिभी कार्यक्षमतालाई सामसङको टाइजेन ओएसले पावर गरिएको छ ।

यसले नेटफ्लिक्स जस्तो स्ट्रीमिङ एप कम्प्यूटरलाई पावर नगरिकनै चलाउन दिन्छ । त्यस्तै यसमा डेक्सको माध्यमले ग्यालेक्सी स्मार्टफोन जोडेर डेक्सटप कम्प्यूटर बनाएर प्रयोग गर्न दिन्छ ।

फोरके एम सेभेन भेर्सनमा सोलार ऊर्जाले चल्ने रिमोट पनि हुने गर्दछ । दुवै मोडेलले एलेक्सा, गूगल एसिस्टेन्ट र बिक्सबी भ्वाईस कन्ट्रोलको सुविधा दिने गर्दछ ।

फोरके भेर्सनमाएचडीआर १० रहेको पनि सामसङको दावी रहेको छ । सामसङको २४ इन्चको स्मार्ट मनिटरको २३० डलर र ४३ इन्चको फोरके एम सेभेन भेर्सनको ४०० डलर पर्ने गर्दछ ।