कीवर्डहरू -

के तपाईले कोभिड १९ विरूद्धको खोप लगाउनु भएको छैन् ? अनलाइनबाटै यसरी भर्नुहोस् फारम

के तपाईले कोभिड १९ विरूद्धको खोप लगाउनु भएको छैन् ? अनलाइनबाटै यसरी भर्नुहोस् फारम

कोरोना भाइरसको खोप नलगाएका व्यक्तिहरूले अब अनलाइनबाटै फारम भर्न सक्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वेबसाइटबाट कोभिड १९ विरूद्धको पहिलो डोजको खोपका लागि स्वैच्छिक आवेदन फारम भर्न सक्ने व्यवस्था गरेको छ ।

१८ वर्षदेखि माथिका खोप नलगाएका व्यक्तिहरुलाई फारम भर्न मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका अनुसार फारम भरेपछि खोप लगाउने सुनिश्चितता भने हुँदैन् ।

सबैभन्दा पहिले खोपका लागि स्वैच्छिक आवेदन फारम भर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ स्वयं आवेदन दर्ता, अन्य व्यक्तिमार्फत आवेदन दर्ता, संस्थामार्फत आवेदन दर्ता मध्ये एउटा विकल्प छनोट गर्नुपर्ने हुन्छ ।

एउटा विकल्प छनोट गरेपछि नाम, ठेगाना, जन्म मिति, परिचयपत्रको प्रकार, पेशा, तपाईलाई कुनै स्वास्थ्य समस्या, शारीरिक अवस्था, खोप केन्द्र छनोट गर्नु पर्ने हुन्छ ।

त्यसपछि भरेका सबै विवरण ठिक छ भनेर रेजा चिन्ह लगाउनु पर्ने हुन्छ र त्यसपछि विवरण पेश गर्न सकिन्छ । साथै कुनै प्राविधिक समस्या परेमा त्यहाँ दिइएको नम्बर र इमेलमा आफ्नो समस्या राख्न सकिने छ ।