कीवर्डहरू -

डिशहोमले शुरू गर्‍यो ‘मेरो मनको दोस्रो देश’ अभियान, यसरी हुनुहोस् सहभागी

डिशहोमले शुरू गर्‍यो ‘मेरो मनको दोस्रो देश’ अभियान, यसरी हुनुहोस् सहभागी

डिशहोमले ‘मेरो मनको दोस्रो देश’ नामक नयाँ अभियान शुरू गरेको छ । नजिक आइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबल प्रेमी दर्शकहरुलाई  लक्षित गरी डिसहोमले आफ्नो नयाँ अभियान मेरा मनको दोस्रो देश सुरु गरेको हो ।

गत वर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो २०२० को प्रसारण डिशहोमबाट हुने कम्पनीले जनाएको छ ।

दर्शकहरुले यो फुटबल प्रतियोगिता डिसहोमको एचडी च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्नेछन् । सामाजिक संजालहरुमा #MeroMankoDosroDesh ट्रेन्ड गराइ यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमान्चकारी बनाउने कम्पनीको अपेक्षा रहेको छ ।

यस अन्तर्गत फ्यानहरुले आफूँले प्रशंसा र समर्थन गरेको  आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सकने छन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्ने बारे जानकारी प्राप्त गर्नेछन् ।

हरेक नागरिकको अनन्त प्रेम र समर्थन आफ्नै देशका लागि हुन्छ भने खेलमा भाग नलिएका देशका नागरिकको पनि आफ्नै समर्थनको दोस्रो देश हुनेछ । यस अभियानले प्रशंसकहरुलाई उनीहरुको दोस्रो देशको साथ खेलमा आनन्दित हुने अवसर सिर्जना गर्दछ ।

यस अभियानबाट डिशहोमले समय समयमा कुन देशका सबै भन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्नेछ । जुन ह्यास्ट्याग मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्ने छ ।

भाग्यशालीले ड्र मार्फत बम्पर इनाम पनि जित्नेछ । यस बाहेक, फ्यानहरुले सामाजिक संजालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

यसरी सहभागी हुन सकिन्छ अभियानमा

शुरूमा सहभागीहरुले डिसहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ । सहभागीहरुले आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा #MeroMankoDosroDesh प्रयोग गर्नुपर्नेछ र आफुले समर्थन गरेको देशको नाम उल्लेख गर्नुपर्नेछ ।

खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन । प्रतियोगिताको क्वाटर फाइनल सम्मको ह्यास्ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ ।

सहभागीहरुले खेलको अन्त्य सम्म आफ्नो मनको देशलाई समर्थन गरी #MeroMankoDosroDesh संगै खेल सम्बन्धित पोस्ट गर्न सक्नेछन् ।

विजेता राष्ट्र, पहिलो रनर राष्ट्र  र दोस्रो रनर राष्ट्र गरी तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्नेछन् ।

विजेताहरुको घोषणा डिसहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट हुनेछ । डिशहोम नेपालको सबै भन्दा ठूलो एचडी र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारण सेवाको संचालक हो ।

नेपालको ७७ जिल्लाहरुमा सेवा संचालन भए संगै यो नेपालको सम्पूर्ण बजारहरुमा सक्रिय रहेको छ ।