कीवर्डहरू -

कम्पनीले बग बाउन्टी कार्यक्रम किन शुरू गर्नुपर्छ ? यी हुन् ६ कारण

कम्पनीले बग बाउन्टी कार्यक्रम किन शुरू गर्नुपर्छ ? यी हुन् ६ कारण

बग बाउन्टी कार्यक्रम भनेको प्रयोगकर्ताहरुलाई कम्पनीले आफ्नो एप वा प्रणालीमा कुनै समस्या भए पत्ता लगाउन दिने अवसर हो । यो प्रक्रियाले आफ्नै प्रयोगकर्ता प्रयोग गरेर प्रणालीलाई सुरक्षित बनाउन सकिन्छ ।

यसले सेक्युरिटी कम्युनिटीलाई पनि कनेक्ट गर्न मद्दत पुर्‍याउँछ । बग बाउन्टीमा क्राउडसोर्सडको पावर प्रयोग गरिन्छ । यसका लागि बगभी भन्ने बग पत्ता लगाउने प्लेटफर्म हामीले नेपालमा सुरू गरेका छौं ।

यसमा व्यवसायहरुलाई विश्वभरीका साइबरसुरक्षा अन्वेषक, विज्ञ वा इथिकल ह्याकरहरुसँग जोडिन्छ । आजको यो आलेखमा म तपाईलाई कम्पनीहरुले किन बग बाउन्टी कार्यक्रम शुरू गर्नुपर्छ भनेर ६ कारणको जानकारी दिदैछु ।

जोखिम पत्ता लगाउन

क्राउडसोर्सडसँग काम गर्न थालेपछि मानिसहरुले तपाईको एप वा प्रणाली जाँच गरेर त्यसमा भएका सुरक्षा कमजोरीलाई पत्ता लगाई दिन्छन् ।

सस्तो

बग बाउन्टीमा कुनै पनि कम्पनीले परिणामको लागि पुरस्कृत गर्नुपर्छ र त्यो बग खोज्न लगाएको समय वा परिश्रमको लागि पैसा दिनुपर्दैन् । बग भेटाउन सफल व्यक्तिलाई मात्रै पैसा दिनुपर्ने हुँदा यो प्रक्रिया सस्तो पनि हुने गर्दछ ।

त्यस्तै कति पैसा दिने भनेर पनि कम्पनी आफैले निर्धारण गर्न सक्छ । आफ्नो बजेट अनुसार पुरस्कारको पैसामा सिमा राख्न सकिन्छ । तर बगभीको कुरा गर्ने हो भने यो प्लेटफर्म स्टार्टअपहरुका लागि पूर्ण निःशुल्क रहेको छ ।

निरन्तर सुरक्षा

आफ्नै बग बाउन्टी कार्यक्रम शुरु गरेको सबैभन्दा राम्रो फाइदा भनेको तपाइको एप वा प्रणालीले निरन्तर रुपमा सुरक्षा पाउनु हो ।

यो कार्यक्रम शुरु भएदेखि हरेक दिन कोही नयाँ अन्वेषक वा प्रयोगकर्ताले तपाईको प्लेटफर्मको कमीकमजोरी खोज्नका निम्ति जाँच गरिरहेको हुन्छ । यसले गर्दा तपाईले कुनै थप पैसा नतिरेर दिनदिनै सुरक्षा पाउन सक्नुहुन्छ ।

असुरक्षाको जानकारी

कसैले तपाईको प्रणाली वा एपमा समस्या पाएमा कहाँ रिपोर्ट गर्ने भन्ने समस्या हुन सक्छ । तर बग बाउन्टी कार्यक्रम शुरू गरेपछि सबैजनाले तपाईको प्रणालीमा रहेको जोखिम तपाईकै प्रडक्टलाई नै रिपोर्ट गर्नेछन् ।

यसो भनेको सुरक्षा अन्वेषक वा विज्ञहरुका लागि एक प्लेटफर्म दिनु पनि हो ।

नयाँ जेनेरेसनको पेनटेस्टीङ गर्न सकिने

बगभीमा पेनिट्रेसन टेस्टर, सेक्युरिटी विज्ञ वा इथिकल ह्याकरहरू मिलेर काम गरेर विभिन्न सीपहरूको प्रयोग गरी बग भेटाउने गर्दछन् र तपाईको प्रडक्टलाई अझै सुरक्षित बनाउन सहयोग गर्छन् ।

मार्केटिङलाई सहयोग

बग बाउन्टी कार्यक्रम शुरू गरेपछि यसले प्रडक्टको बारेमा धेरै जनालाई थाहा हुन्छ र विशेषगरी सेक्युरिटी कम्युनिटी यसको बारेमा अवगत हुन सक्छन् ।

(नरेश लाम्गादेले लेखेको यो लेख हामीले ब्लग डट बगभी डटआईओ बाट अनुवाद गरेका हौं । बगबी नेपालको पहिलो बग बाउन्टी प्लेटफर्म हो । यसमा विश्वभरबाट ३ हजार भन्दा बढी साइबर सुरक्षा अनुसन्धानकर्ता आवद्ध भएका छन् । बगभी बग बाउन्टी कार्यक्रममा हाल मेरो जब, पसल, थुप्रै, थर्डह्विल लगायतका कम्पनी सहभागी भएका छन् । तपाई पनि बग बाउन्टी कार्यक्रम सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । नरेश लाम्गादे सिनिकल टेक्नोलोजीका सीईओ तथा बगभीका संस्थापक हुन् । )