कीवर्डहरू -

११ हजार मै नोकिया सी २०, यस्ता छन् फिचर

११ हजार मै नोकिया सी २०, यस्ता छन् फिचर

एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नवीनतम सी–सिरिज स्मार्टफोन, नोकिया सी २० को सार्वजनिक गरेको छ ।

नर्डिक डिजाइन र बिल्ड–क्वालिटीबाट निर्मित, अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइड११ (गो एडिसन) र सुरक्षा अपडेट भएको यसको मूल्य ११ हजार रुपैयाँ तोकिएको छ ।

स्यान्ड र डार्क ब्लु रंगमा नोकिया सी २, ३२ जीबीको कन्फिगुरेशनमा नेपाली १० हजार ९ सय ९९ रुपैयामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

तीनवटा छुट्टै स्मार्टफोन सिरिज मध्ये एकको प्रतिनिधित्व गर्दै (एक्स–सिरिज, जी–सिरिज र सी–सिरिज) रहेको नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाउँने कम्पनीको भनाइ छ ।

यसको अल्ट्रा–हाई भ्यालु प्राइस प्वाइन्ट र स्टान्डर्डको रुपमा दुई वर्षको फ्रि सेक्युरिटी अप्डेटले उपभोक्तालाई पिस अफ माइन्ड प्रदान गर्छ ।

फोनको सार्वजनिक गर्दै प्यान एसिया एचएमडी ग्लोबलका महाप्रबन्धक रवि कुँवरले राम्रो ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफी प्रदान गर्ने भएकाले नोकिया फोनहरु ग्राहकमाझ अझै बढी आकर्षित भउको बताए ।

फिचरहरु

५ एम्पीको फ्रन्ट र रियर क्यामेरा भएको यस मोबाइलले लो लाइटमा पनि गुणस्तरीय फोटोहरु खिच्न सकिन्छ । अगाडि र पछाडिको एलईडी फ्लासको मद्यतले बिहानदेखि बेलुकासम्म आफ्नो चित्रहरु र सेल्फीहरुलाई उज्यालो बनाउँदै क्याप्चर गर्न सक्नुहुन्छ ।

ठूलो ६.५ इन्चको एचडी+ स्व्रिmनको साथ ३००० एमएएच ब्याट्रीको संयोजन रहेको छ ।

दु्रत ४ जी का साथ फेसटाइममा इभन अन द मुभ सम्पर्कमा रहन सक्नुहुन्छ । यसको अक्टा–कोर प्रोसेसर र लेटेस्ट अपरेटिंग सिस्टमको साथ तपाईँ चिजहरुलाई दु्रत रुपमा सम्पन्न गर्न सी २० मा भर पर्न सक्नुहुन्छ ।

रिलाएबिलिटी स्टान्डर्डको रुपमा एक भरपर्दो फोनलाई यस्तो अपरेटिंग सिस्टमको आवश्यक पर्दछ जसमा तपाईँ सधैँ भर पर्न सक्नुहुन्छ । एन्ड्रोइड ११ (गो एडिसन)ले तपाईँको एप्लिकेशनहरु खोल्नको लागि, फोटो र भिडियोहरु खोज्न र शेयर गर्नको लागि छिटो र सजिलो बनाउँछ । दुई वर्षका लागि सुरक्षा अपडेट र थप गरिएको सेक्युरिटी फिचर्सहरुको साथ फोन सुरक्षित रहने कम्पनीको भनाइ छ ।

यो गुणस्तरिय सामग्रीबाट निर्मित भएको र त्यसैले यो टेस्ट अफ टाइममा स्ट्यान्ड हुन्छ । बलियो पोली कार्बोनेटको बडी– स्यान्ड र डार्क ब्लु रंगहरुमा उपलब्ध छ ।