कीवर्डहरू -

ट्वीटरले क्लबहाउस जस्तै सुविधा भएको स्पेसेसका लागि छुट्टै सेक्सन दिने

ट्वीटरले क्लबहाउस जस्तै सुविधा भएको स्पेसेसका लागि छुट्टै सेक्सन दिने

ट्वीटर एपले क्लबहाउस जस्तै अडियो फिचर  स्पेसेसको लागि छुट्टै सेक्सन दिने भएको छ । ट्वीटरले यसको परीक्षण आईओएस एपमा गरिरहेको छ । यो सेक्सन एक्सप्लोर र नोटिफिकेसन ट्याबको बिचमा रहनेछ ।

केही प्रयोगकर्ताका लागि ट्वीटरले यो फिचर आधिकारिक पारिदिएको छ । टेकक्रन्चका अनुसार करिब ५०० जनाका निम्ति ट्वीटरले यो नयाँ ट्याब उपलब्ध गराएको छ । ट्वीटरको प्रवक्ताका अनुसार अहिलेको  स्पेसेस फिचरमा एकदमै विस्तृत विवरण रहेको छ जसमा होस्ट र सहभागीको नाम पनि देखाउने गर्दछ ।

प्रयोगकर्ताले यसमा प्रतिक्रिया पनि दिन सक्छन् र कुन  स्पेसेस आउँदा दिनमा हुनलागेको छ भनेर पनि हेर्न सक्नेछन् । भविष्यमा यसले नयाँ कन्भर्सेसन भेट्याउन पनि मद्दत पुर्‍याउनेछ ।

यस्तो फिचरहरु राखेमा  स्पेसेस अझै क्लबहाउस जस्तै हुनेछ जसले रुमहरु सर्फेस गरेर जोडिनका लागि सुझाव दिने गर्दछ । अहिलेसम्म प्रयोगकर्ताहरुले स्पेसेसको फिचर फ्लीटसको छेउमा पाउने गर्दथे ।