कीवर्डहरू -

गूगलले क्रोममा ल्यायो ‘इनह्यान्स्ड सेफ ब्राउजिगं मोड’, के हो यो ?

गूगलले क्रोममा ल्यायो ‘इनह्यान्स्ड सेफ ब्राउजिगं मोड’, के हो यो ?

गूगलले क्रोम ब्राउजरलाई सुरक्षित ब्राउजर बनाउने प्रयास निरन्तर गरिरहेको छ । गूगलले क्रोमलाई थप सुरक्षित ब्राउजर बनाउ ‘इनह्यान्स्ड सेफ ब्राउजिगं मोड’ ल्याएको छ ।

यो मोड अन भएको बेला ट्रस्टेड साइटहरु बाहेक अरु साइटबाट एक्सटेन्सन इन्स्टल गर्न खोजेमा पपअप आउने गर्दछ ।

क्रोममा अहिले ७५ प्रतिशत एक्सटेन्सनहरुलाई ट्रस्टेड मानिदैन् । एक्सटेन्सनहरुलाई ट्रस्टेड बनाउन डेभलपरहरुले क्रोम वेब स्टोर डेभेलपर नीतिलाई केही महिना सम्म पालना गर्नुपर्छ । यस्तो गरेमा मात्रै उनीहरु ट्रस्टेड हुनसक्छन् ।

क्रोमबाट कुनै फाइल डाउनलोड गर्दा पनि क्रोमले सुरुमा गूगल सेफ ब्राउजिङबाट फाइल सुरक्षित छ की छैन भनेर विश्लेषण गर्ने गर्दछ । स्कयान गरेपछि असुरक्षित भएमा नोटिफिकेसन आउने गर्दछ । गूगलले यी फिचरहरु क्रोम ९१ मा सुरुमा दिनेछ ।