कीवर्डहरू -

बाटोमा मोबाइल चलाउँदै हिड्नेहरुलाई बन्यो ‘थर्ड आई’

बाटोमा मोबाइल चलाउँदै हिड्नेहरुलाई बन्यो ‘थर्ड आई’

दक्षिण कोरियाका एक व्यक्तिले बाटोमा मोबाइल फोन चलाउँदै हिड्हरुको लागि तेस्रो आँखा अर्थात ‘थर्ड आइ’ बनाएका छन् ।

दक्षिण कोरियाको एक औद्योगिक डिजाइनरले बाटोमा हिडँदा पनि स्मार्टफोन चलाउने व्यक्तिहरुका लागि दुर्घटनाबाट जोगाउन ‘थर्ड आइ’ नामक उपकरण बनाएका हुन् ।
दक्षिण कोरियाका २८ वर्षे पेङ मिन वुकले रोबोटिक आइबलको निर्माण गरेर ‘थर्ड आइ’ नाम दिएका छन् । यसलाई प्रयोगकर्ताले निधारमा लगाउनु पर्छ र यो उपकरणले गर्दा बाटोमा कुनै बाधा आएमा जोगिदै स्मार्टफोनमा निर्धक्क चलाउन गर्न सकिन्छ ।

यो उपकरणले प्रयोगकर्ता टाउको निहुराएर स्मार्टफोन चलाइरहेको थाहा पाउने बित्तिकै पारदर्शी आईलिड खोलेर प्रयोगकर्तालाई बाटोमा रहेको पोलहरु वा अरु कुनै बाधाबाट जोगाउने गर्छ ।

यो उपकरण प्रयोग गर्दा प्रयोगकर्ता कुनै अवरोधको एक दुई मिटर नजिक आएमा डिभाइस बजेर प्रयोगकर्तालाई सर्तक गराइदिन्छ ।  वुकले रोयटर्सलाई यो उपकरणको डेमो देखाउँदै जानकारी दिएका थिए ।

थर्ड आइले गाइरो सेन्सर प्रयोग गरेर प्रयोगकर्ताको अब्लिक एंगल नाप्ने गर्छ । त्यस्तै कुनै अवरोध र प्रयोगकर्ता बीचको दूरी नाप्नका लागि अल्ट्रासोनिक सेन्सर प्रयोग गर्ने गर्छ । दुबै सेन्सर माइक्रो कन्ट्रोलरसँग कनेक्ट भएका हुन्छन् र ब्याट्रीले चल्ने गर्छन् ।

रोयटर्ससँग कुरा गर्दै अहिलेको समयमा धेरै युवाहरु बाटोमा स्मार्टफोन चलाएर दुर्घटना भईरहेको देख्दा उनले यो उपकरण बनाउने आईडिया पाएको बताएका छन्।

वुकले ‘थर्ड आई’का लागि क्यामेरा मोड्युल र लिङ गर्न मिल्ने मोबाईल एप पनि बनाउने लक्ष्य राखेका छन् । अहिले नै उनीले यस आविष्कारलाई व्यवसायिकरण गर्ने कुनै योजना नराखेको बताए ।