कीवर्डहरू -

सरकारले आश्वासन दियो तर इन्टरनेटको कर घटाएनः सुधीर पराजुली 

सरकारले आश्वासन दियो तर इन्टरनेटको कर घटाएनः सुधीर पराजुली 

इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीले बजेटबाट सरकारले इन्टरनेटमा लगाएको कर नघटाएको बताएका छन् ।

शनिबार आयोजना भइरहेको डिजिटल संवादमा इन्टरनेट लगाएको कर घटाउन आश्वासन पाएपनि बजेटबाट सरकारले इन्टरनेटमा लगाएको कर नघटाएको पराजुलीले बताएका हुन् ।

‘उहाँहरुबाट इन्टरनेटमा लगाएको कर घटाउने आश्वासन आएको थियो । त्यो कुरा चाहिँ बजेटमा सम्बोधन भएन,’ उनले भने ।

‘कर बढी हुँदा ब्रोडब्यान्ड चलाउने इन्टरनेट प्रयोगकर्ताले तिरेका ४२ प्रतिशत शुल्क सरकारलाई जाने गरेको अवस्था छ,’ पराजुलीले डिजिटल संवादमा भने, ‘जुन अन्तर्राष्ट्रिय स्ट्याण्डर्ड भन्दा बढी हो ।’

साथै बजेटबाट कर नघटे पनि केही महिनामा इन्टरनेटमा लगाएको कर घटाउने आश्वासन पाएको समेत उनले जानकारी दिए ।